3 years ago
March 4, 2022
एजेन्सी – रियल बेटिस स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति दोस्रो लेगमा रायो भालेकानोसँग १–१ गोलको बराबरी खेलेपनि समग्रमा ३–२ को जित निकाल्दै रियल बेटिसले फाइनलमा स्थान पक्का गरेको हो ।
रियल बेटिसले पहिलो लेगमा २–१ को जित निकालेको थियो । त्यही जित नै रियल बेटिसलाई फाइनल पुग्नको लागि थप सहज बनेको थियो ।
सेभियामा प्रतिस्पर्धात्मक बनेको सेमिफाइनलको दोस्रो लेगमा दुवै गोल दोस्रो हाफको अन्त्यतिर भएको थियो ।
८०औं मिनेटमा वेवीले फ्रिकिकमार्फत सिधै गोल गर्दै रायो भालेकानोलाई सुरुवाती अग्रता दिलाए । तर, घरेलु टोली बेटिसले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बोर्जा इग्लेसियसले गोल गर्दै बेटिसलाई हारबाट जोगाउँदै फाइनलको यात्रा तय गराए ।
रियल बेटिस १७ वर्षपछि अर्थात २००४–०५ को सिजनपछि पहिलोपटक फाइनलमा प्रवेश गरेको हो । त्यतिबेला रियल बेटिस च्याम्पियन बनेको थियो । पाँचौपटक फाइनलमा प्रवेश गर्दा यसअघि चारपटक फाइनल प्रवेश गर्दा दुईपटक विजेता र दुई पटक उपविजेता बनेको छ ।
अब रियल बेटिसले उपाधिको लागि भ्यालेन्सियासँग खेल्नेछ । भ्यालेन्सियाले बुधबार राति नै साविक उपविजेता एथलेटिको बिल्वाओलाई हराएर फाइनलमा पुगिसकेको छ । फाइनल २३ अप्रिलमा हुनेछ ।
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]
January 7, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ । नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड र ताइवो अवोनियीले गोल गरे । खेलको सातौं मिनेटमा गोल गर्दै मोर्गनले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । नटिङघमका लागि वुडले […]
January 7, 2025
एजेन्सी – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले अन्तिम ३२ को खेलमा सानदार जित हासिल गरेको छ । रियलले अन्तिम १६ मा स्थान बनाएको छ । रियलले सोमवार डिर्पोटिभा मिनेरालाई ५-० ले पराजित गरेको हो । मिनेराको घरेलु मैदानमा रियललाई जित दिलाउँन आर्दा गुलेरले २, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान गोल गरे […]