3 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-२३ राष्ट्रिय टोलीका कप्तान तथा च्यासल युवा क्लबका गोलरक्षक अर्पण कार्कीको घुँडाको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ ।
विहीबार विहान वरिष्ठ सर्जन डाक्टर अमित जोशीको टोलीले सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया गरेको हो । अर्पणको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट च्यातिएको थियो । शल्यक्रिया सम्पन्न भएसँगै अब शुक्रबारबाट नै उनको फिजियोथेरापी पनि सुरु हुनेछ । उनलाई पूर्ण रुपमा ठिक हुन झन्डै ९ महिना लाग्ने बुझिएको छ ।
अर्पणले शल्यक्रिया सफल भएको र अबको फिजियोथेरापीमा ध्यान दिने बताए । ‘शल्यक्रिया सम्पन्न भएको छ । डाक्टरले अब ५ दिन अस्पताल बसेपछि डिस्चार्ज गर्ने भन्नुभएको छ । त्यसपछि सबै फिजियोमा ध्यान दिने हो,’ अर्पणले शल्यक्रियापछि भने ।
एन्फाले अर्पणको शल्यक्रियाको सम्पूर्ण खर्च बेहोर्ने भएको छ । उनले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्रविरुद्ध खेलमा चोट बोक्न पुगेका थिए ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]