3 years ago
March 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलको अन्त्य तिर दुई गोल गर्दै मनाङ मस्र्याङ्दी क्लबले पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराउँदै विजयी गोल गरेको हो ।
अन्जन विष्टले बराबरी र विमल रानाले विजयी गोल गरेपछि मनाङले पाहुना टोलीमाथि जित निकालेको हो । कृष्णको गोलबाट दिल्लीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन ।
३ मिनेटको फरकमा मनाङले नतिजा उल्टाएको थियो । ८२ औं मिनेटमा अन्जले बराबरी गोल फर्काएका थिए । त्यस्तै परिवर्तित खेलाडी विमलले ८५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । त्यसअघि ७१ औं मिनेटमा कृष्णको गोलबाट दिल्लीले अग्रता लिएको थियो ।
सुदूरपरिश्चम ११ स्पोर्टस क्लब धनगढीको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
जसमा उद्घाट खेलका दुई टोलीबाहेक लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब, एनआरटी आयोजक, हिमालयन शेर्पा, एनजेजेवाइसी फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, एभेनिर फुटबल क्लब रहेका छन् । प्रतियोगितामा शुक्रबार एनआरटी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]