default_image

3 years ago

March 3, 2022

भ्यालेन्सिया कोपा डेल रेको फाइनलमा

141 views

0 Bookmark

एजेन्सी – साविक उपविजेता एथलेटिको बिल्वाओलाई पराजित गर्दै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लेगमा १–० को तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान भ्यालेन्सियामा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा घरेलु टोलीको जितमा गोन्कालो गुइडेसले गरेको गोल नै निर्णायक बन्यो । उनले ४३औं मिनेटमा गोल गरेका थिए ।

अब भ्यालेन्सियाले उपाधिका लागि रायो भालेकानो र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनलको दोस्रो लेग आज राति हुँदैछ । पहिलो लेगमा रियल बेटिस २–१ ले अघि छ ।

भ्यालेन्सिया सन् २०१८–१९ को सिजनपछि फाइनलमा प्रवेश गरेको हो । त्यतिबेला भ्यालेन्सियाले बार्सिलोनालाई हराउँदै उपाधि जितेको थियो । भ्यालेन्सियाले यसअघि १७ पटक फाइनलमा प्रवेश गर्दा ८ पटक विजेता र ९ पटक उपविजेता बनेको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.