default_image

3 years ago

March 3, 2022

आत्मघाती गोलमा युभेन्ट्सको जित

77 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल मद्दतमा युभेन्ट्सले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा महत्वपूर्ण जित निकालेको छ ।

युभेन्ट्सले सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १–० को महत्वपूर्ण अवे जित निकालेको हो । स्टेडियो अर्टेमियो फ्रान्ची फिरेन्जेमा बुधबार राति बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लोरेन्जो भिनुटीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले पहिलो लेगमा सफलता हात पारेको हो ।

खेलमा घरेलु टोलीले युभेन्ट्सलाई दवावमा राखेपनि आफ्नै गल्तीमा गोल खान पुग्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो । यो जितले युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके युभेन्ट्स फाइनल पुग्नेछ ।

फियोरेन्टिनालाई फाइनल पुग्न दोस्रो लेगमा निश्चित जितको आवश्यकता रहनेछ । १–० को जितले फाइनल पुग्ने सम्भावना रहँदा २–० को जितले फाइनल पुग्नेछ । दोस्रो लेग युभेन्ट्सको मैदानमा २० अप्रिलमा हुनेछ ।

मंगलबार राति मिलान डर्वीमा एसी मिलान र इन्टर मिलानले पनि सेमिफाइनलको पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए । यि दुई बीचको दोस्रो लेगको खेल पनि २० अप्रिलमै हुनेछ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.