default_image

8 years ago

December 1, 2016

रियलको जितमा जिदानेका छोराको गोल

92 views

0 Bookmark

मड्रिड (एजेन्सी)– जिनेदिन जिदानका छोराले डब्यूमा गोल गरेको खेलमा रियल मड्रिडले कोपा डेल रेमा लियोनेसालाई ६–१ ले हराएको छ । रियलका मारियानो मेज्लाले ह्याट्रिक गरे , हामेस रोड्रिग्युजले अर्को गोल थपे । अर्को गोल लियोनेसाका मोरगाडोले आत्मघाती गरे । लियानेसाका यरे गोन्जालेजले एक गोल फर्काए ।

mariano

एस क्लासिको अघि रियालले सानदार जित हासिल गर्दा बार्सिलोना भने तेस्रो डिभिजनको क्लबसँग १–१ को बारबरीमा रोकिएको थियो । अघिल्लो महिना अन्तिम ३२ को पहिलो लेगमा ७–१ को जित निकालेको रियल समग्रमा १३–२ को अग्रताका साथ अघि बढेको छ ।
अघिल्लो साता स्पोर्टिङ गिजोनलाई २–१ ले हराएको खेलमा भन्दा बुधबार रातीको खेलमा प्रशिक्षण जिदानेले क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, लुका मोड्रिचलगायत ८ खेलाडी आराम दिएका थिए । स्टार खेलाडीहरु आराम दिएको खेलमा मौका पाएका मारियानोले प्रभावित पार्ने क्रममा २३ सेकेन्डमै गोल गरेका थिए । सबै खाले प्रतिस्पर्धामा जिदानेको प्रशिक्षणमा मारियानो सबैभन्दा छोटो समयमा गोल गर्ने खेलाडी बने । रोड्रिग्यजुले २३ औं मिनेटमा गोल गरे भने मारियानोले ४२ औं मिनेटमा अर्को गोल थपे । चौथो गोल जिदानेका छोरा इन्जोले ६३ औं मिनेटमा गरे । मारियानोले ८७ औं मिनेटमा ह्याट्रिक पुरा गरे । स्पेनिस ला लिगामा रियल र बार्सिलोनाबीच ६ अंकको अन्तर छ ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.