default_image

3 years ago

March 2, 2022

अर्थोप्लाष्ट र चर्च ब्वाइज युनाइटेडबीच सहकार्य

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बी डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले मेडिकल पार्टनरको रुपमा अर्थोप्लाष्ट रिह्याब सेन्टर संग सम्झौता गरेको छ । ग्वार्को स्थित अर्थोप्लाष्ट रिह्याब सेन्टरमा बुधबार आयोजित एक कार्यक्रममा अर्थोप्लाष्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

शीर्ष डिभिजन लिज विजेता मछिन्द्र फुटबल क्लब र तेस्रो स्थान हासिल गर्न सफल न्यूरोड टिम (एनआरटी) सँग पनि अर्थोप्लाष्टको सहकार्य रहँदै अएको छ । अर्थोप्लाष्ट अन्य खेलसँग पनि सहकार्य गरिरहेको छ । खेलाडीलाई ठुलो चोट लाग्न बाट बचाउन र चोट लागिहाले छिटो भन्दा छिटो खेलाडीलाई खेलमा फर्काउने अर्थोप्लाष्टको मुख्य योजना रहेको निर्देशक भुसालले बताए ।

‘हामी शीर्ष डिभिजन क्लबलाई मात्र होइन जुन सुकै तहका क्लब र प्रतियोगितामा सहयोग गर्न तयार छौं, अर्थोप्लाष्टका निर्देशक भुसालले भने, ‘खेलाडीलाई चोट लाग्नबाट कसरी जोगिने र चोट लागेको अवस्थामा कसरी पूनरागमन गर्ने भन्ने हाम्रो चासो हो । त्यसका हामी हामी सधै तयार छौं ।’

अर्थोप्लास्टले गत वर्षदेखि नै महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यु डायमन्ड क्लबसँग सहकार्य गर्दै आएको छ ।

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.