3 years ago
March 2, 2022
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब टोटेनहम हटस्पर बाहिरिएको छ ।
सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरे ।
वेस्टन होम्स स्टेडियम पिटर्सव्रगमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले यो सिजनको प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरे ।
६०औं मिनेटमा रियाद महारेजको गोलबाट सिटी १–० ले अघि बढेको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।
अर्काे खेलमा अतिरिक्त समयमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित हुँदै टोटेनहम हटस्पर एफए कपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । टोटेनहमको हारमा जोस कोवर्नले १०७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाट र जाइरो राइडवाल्डले गोल गर्दा स्टोकका जोस टेमोनले एक गोल फर्काए ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]