3 years ago
March 1, 2022
सुबास हुमागाईं, काठमाडौं
मछिन्द्र क्लबले अपराजित रहँदै सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्दा त्रिभुवन आर्मी क्लब पनि अपराजित रहँदै दोस्रो स्थानमा रहयो । लिगको एकै संस्करणमा दुई टोली अपराजित रहेको नेपाली फुटबलको आधुनिक इतिहासमा यो नै पहिलो अवसर थियो ।
गत संस्करणझैं यसपटक पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक राउण्डमै लिग समाप्त गर्यो । सबै टोलीले १३-१३ खेल खेले । यसक्रममा लिगमा ५ आउटफिल्ड र २ गोलरक्षकसहित कुल ७ खेलाडीले मात्र सबै खेलको पूरा समय मैदानमा बिताए । लिगको १३ खेलमा १ हजार १ सय ७० मिनेट बिताउनेमा २ विदेशी र ५ स्वदेशी खेलाडी छन् ।
गोलरक्षकमा च्याम्पियन मछिन्द्रका विशाल श्रेष्ठ र रुस्लान थ्री स्टारका यभ्स प्रिसोले सबै समय खेले । अझ विशालले लिगको पहिलो र अन्तिम खेलमा मात्र गोल खाँदै लगातार ११ खेल क्लिन सिट समेत राखे । उनले लिगमा १ हजार ९५ मिनेटसम्म गोल नखाने कीर्तिमान समेत कायम गरे । यता क्यामरुनी गोलरक्षक प्रिसोले ६ खेलमा क्लिन सिट राखे । उनले लिग अवधिभर ७ गोल खाए ।
पूरा समय मैदान बिताउने ५ खेलाडीमा ३ डिफेन्डर, एक मिडफिल्डर र एक फरवार्ड रहेका छन् । मछिन्द्र क्लबका देवेन्द्र तामाङ, मनाङका दीनेश राजवंशी र एपिएफका सनिश श्रेष्ठले लिगको सबै खेलमा आफ्नो टोलीको रक्षापंक्ति सम्हाले । सातदोबाटोका सुदीप गुरुङ र न्यु रोड टिमका फरवार्ड मेसुके ओलोमोउले पनि पुरै समय मैदानमा बिताए ।
देवेन्द्र र दीनेशले लिगमा पूरा समय टोलीको मुख्य डिफेन्डरको भूमिका निर्वाह गरे । यसक्रममा दुवै खेलाडीले एक पनि पहेंलो कार्ड पाएनन् । अधिकांश टोलीमा विदेशी फरवार्ड रहनु तथा दीनेश र देवेन्द्र दुवै सेन्टर ब्याकको भूमिकामा रहेपनि पहेंलो कार्डसम्म नखानु निकै प्रशंसनीय मान्न सकिन्छ । मछिन्द्रले लिग अवधिभर २ गोल खानुमा गोलरक्षक विशालसँगै देवेन्द्र तामाङको पनि उत्तिकै राम्रो प्रदर्शन रहयो । देवेन्द्रले २ असिस्ट पनि दिए ।
पछिल्लो पटक मौरिससविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालका लागि सेन्टर डिफेन्स सम्हालेका दीनेश र देवेन्द्रले लिगमा आफ्नो प्रदर्शन देखाउँदै स्तर प्रमाणित गरे । दीनेशले सेट पिसमा टोलीका लागि ३ गोल पनि गरे । उनी सम्मिलित मनाङले लिगमा १२ गोल खाएको थियो । मनाङले गोलरक्षकमा विशाल सुनारलाई ८ खेल र अशोक बराललाई ५ खेलमा सुरुवात गरायो । खराब गोलरक्षणका कारण पनि दीनेशको रक्षात्मक प्रदर्शन छायाँमा परेको थियो ।
सातदोबाटोले डेब्यु सिजनमा नै उत्कृष्ट प्रदर्शन गर्दा मिडफिल्डर सुदीप गुरुङ त्यसको केन्द्रमा रहे । प्रशिक्षक मेघराज केसीले उनलाई रक्षात्मक मिडफिल्डको रुपमा प्रयोग गर्दै राष्ट्रिय टोलीको यात्रा तय गराए । लिगमा थ्री स्टारविरुद्ध दोस्रो खेलमा नै विजयी गोल गरेका सुदीपले २ असिस्ट पनि थपे । शारीरिक रुपमा बलियो उनले आफ्नो खेललाई लिगको अन्त्यसम्म निकै सकारेका छन् ।
लिगको सुरुवातमा सोचेजस्तो प्रदर्शन गर्न नसकेका फरवार्ड मेसुके ओलोमोउले अन्त्यतिर भने एनआरटीका लागि गजबको प्रदर्शन गरे । सुरुवाती ३ खेलमा गोल र असिस्ट दुवैमा चुकेका मेसुके लिगको अन्त्यमा सर्वाधिक गोलकर्तामा शीर्ष स्थान बाँड्न पुगे । एन्फाले कम समय खेलेको भन्दै फ्रेन्ड्सका जमाल फ्रान्कोइसलाई सर्वाधिक गोलकर्ताको अवार्ड दियो । तर लिगमा एनआरटीका लागि सबै खेलमा पूरा समय खेल्दै ३ असिस्ट समेत दिएका मेसुके त्यसको असली हकदार थिए ।
अन्तर्राष्ट्रिय नियममा पनि समान गोलपछि असिस्टलाई मान्यता दिइन्छ । युरो २०२० दौरान पनि क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकको समान ५-५ गोल भएपनि रोनाल्डोले १ असिस्ट गरेका कारण गोल्डेन बुट जितेका थिए ।
ए डिभिजन लिगमा पूरा समय बिताउने खेलाडीको सुचिमा पर्नबाट केहि खेलाडी १/२ मिनेटले पनि चुक्न पुगे । सातदोबाटोका कप्तान मानबहादुर तामाङ एपिएफविरुद्ध तेस्रो खेलमा ४-१ को जितमा ८८ औं मिनेटमा परिवर्तन भएका थिए । त्यसै खेलमा मानबहादुरसँगै परिवर्तन भएका गोलरक्षक अभिषेक बराल पनि त्यसै खेलबाहेक सबैमा ९० मिनेट बिताउन सफल रहे । त्यस्तै पुलिसका रवी पासवान लिगको अन्तिम खेलमा एनआरटीविरुद्ध ८३ औं मिनेटमा परिवर्तन भएका थिए ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]