default_image

3 years ago

March 1, 2022

मार्स बने लिड्सको मुख्य प्रशिक्षक

205 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लिड्स युनाइटेडले अमेरिकी जेसे मार्सलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लिड्सले जर्मन क्लब आरबी लाइप्जिगका पूर्व प्रशिक्षक मार्सलाई ३ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

लिड्सले आइतबार मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेपछि ४८ वर्षीय मार्सलाई लिड्सको जिम्मेवारी प्रदान गरेको हो । गत अप्रिल २९ मा लाइप्जिगले जुलियन नागेल्समानको उत्तराधिकारीको रुपमा मार्सलाई मुख्य प्रशिक्षक बनाएको थियो ।

लगातार हार बेहोरपछि ५ डिसेम्वर २०२१ मा आपसी समझदारीमै मार्सले लाइप्जिग छाडेका थिए । यो सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले विएल्सालाई बर्खास्त गरेको हो । ६६ वर्षीय विएल्सा २०१८ मा लिड्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

लिड्सले यो सिजन प्रिमियर लिगमा २६ खेल खेल्दा ५ जित, ८ बराबरी र १३ हारको नतिजा निकालेको छ । लिड्स यस सिजन २३ अंक जोडेर १६औं स्थानमा रहेको छ । लिड्स रेलिगेसन जोनको टोलीभन्दा २ अंकले मात्रै अघि छ ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.