3 years ago
March 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणमा मछिन्द्र फुटबल क्लबले लिगको उपाधि जित्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) रेलिगेसनमा परे ।
१४ टोलीको सहभागितामा मंसिर ३ गते सुरु भएको लिग पहिलो पटक दशरथ रंगशालाको फ्लड लाइटमा खेलाइएको थियो । १३ औं चरण मध्ये आधा भन्दा बढी लिगका खेल शुक्रबार, शनिबार, आइतबार र सोमबार गरि साताका ४ दिन खेलाइएको थियो । मछिन्द्रले ११ औं चरणको अन्त्यमै लिग उपाधि जितेको थियो ।
मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । लगातार दोस्रो पटक लिग जित्ने मछिन्द्र लिग इतिहासको सातौं क्लब हो । यसपटक दोस्रो स्थानका टोलीलाई मछिन्द्रले अंकमा निकै पछाडि पारेको थियो । १३ खेलमा ११ जित र २ खेलमा बराबरी गरेको मछिन्द्रले सम्भव ३९ मध्ये ३५ अंक जोडेको थियो । दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) ले समान २३ अंक जोडेका थिए ।
ए डिभिजनको नवप्रवेशी टोली सातदोबाटो युथ क्लबले चौथो स्थानमा लिगको अन्त्य गरेको थियो । लिगको सर्वाधिक सफल आठ पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबले पाँचौं र चार पटकको विजेता थ्री स्टार क्लबले छैटौं स्थानमा रहँदै लिगको यात्रा सम्पन्न गरेका थिए ।
यसपटकको लिगमा ९१ खेल भएका थिए । जसमा ५८ खेलमा हार जितको नतिजा निस्कयो । त्यस्तै ३३ खेल बराबरीमा टुंगिएका थिए । जसममध्ये १४ खेल गोलरहित र १९ खेल गोलसहित बराबरी भएका थिए । लिगमा जम्मा १ सय ९० गोल भएका थिए । त्यसमध्ये ८४ गोल पहिलो हाफ र १ सय ६ गोल दोस्रो हाफमा सम्भव भएको थियो । यसपटक प्रति खेल २.०८ गोल औसत रहयो । गत सिजन २ सय १० गोल सम्भव हुँदा प्रति खेल २.३१ को औसतमा गोल भएको थियो ।
लिगभर तीन खेलाडीले मात्र ह्याट्रिक गरे। ह्याट्रिक गर्ने सबै विदेशी खेलाडी थिए । सातदोबाटोका अजायी मार्टिन्सले एपिएफविरुद्ध, मनाङका ओलावाले अफिजले च्यासलविरुद्ध र एनआरटीका मेकुके ओलुमोउले नेपाल पुलिस क्लबविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।
७ खेलाडीले आत्मघाती गोल गरेका थिए । ८ खेलाडीले पेनाल्टीमा गोल गरे भने ३ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । लिग २ सय ६५ पहेलो कार्ड र ६ रातो कार्ड प्रयोग भएको थियो । लिगमा ९५ खेलाडीले गोल गरेका थिए । जसमा फ्रेन्ड्स क्लबका जमोल एन्थोनी फ्रान्कोइस र एनआरटीका मेसुके ओलुमोउले समान ७ गोल गरेका थिए । लिगमा ३ खेलाडीले ६, ३ खेलाडीले ५, ६ खेलाडीले ४, ९ खेलाडीले ३, २० खेलाडीले २ र ५२ खेलाडीले १ गोल गरेका थिए ।
तथ्याङ्कमा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८
जम्मा खेलः ९१
५८ जितको नतिजा
३३ बराबरीको नतिजा [१४ खेल गोलरहित, १९ खेल गोलसहित]
जम्मा गोल – १९० [पहिलो हाफमा गोल – ८४ गोल, दोस्रो हाफमा गोल –१०६ गोल]
गोल औसत : २.०८ गोल प्रतिखेल
ह्याट्रिक – ३ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध, ओलावाले अफिज (मनाङ) च्यासलविरुद्ध, मेसुके ओलुमोउ (एनआरटी) पुलिसविरुद्ध]
आत्मघाती गोल – ७
पहेंलो कार्डः २६५
रातो कार्ड – ६
पेनाल्टीमा गोल – ८
पेनाल्टी मिस – ३
सर्वाधिक गोलकर्ता
१. जमोल एन्थोनी फ्रान्कोइस (फ्रेन्ड्स) – १+१+२+१+२ – ७ गोल
२. मेसुके ओलुमोउ (एनआरटी) – १+२+१+३ – ७ गोल
३. ओलावाले अफिज (मनाङ) – १+१+३+१ – ६ गोल
४. सुनिल बल (मछिन्द्र) – २+१+१+१+१ – ६ गोल
५. अजायी मार्टिन्स (सातदोबाटो) – ३+१+१+१ – ६ गोल
६. आशिष लामा (एपिएफ) – १+२+१+१ – ५ गोल
७. उत्तम राई (संकटा) – १+२+१+१ – ५ गोल
८. अन्जन विष्ट (मनाङ) – २+१+१+१ – ५ गोल
९. विमल घर्तीमगर (मछिन्द्र)– १+२+१ – ४ गोल
१०. दर्शन गुरुङ (एनआरटी) – २+२ – ४ गोल
११. नाथानिल जुडे गार्सिया (फ्रेन्ड्स) – १+१+२ – ४ गोल
१२. मुताम्वा पिस्टोन (शेर्पा) – १+२+१ – ४ गोल
१३. सुमन लामा (पुलिस) – १+१+१+१ – ४ गोल
१४. जर्जप्रिन्स कार्की (आर्मी) – १+१+१+१ – ४ गोल
७ गोल गर्ने – २ जना
६ गोल गर्ने – ३ जना
५ गोल गर्ने – ३ जना
४ गोल गर्ने – ६ जना
३ गोल गर्ने – ९ जना
२ गोल गर्ने – २० जना
१ गोल गर्ने – ५२ जना
लिगको सम्पूर्ण तथ्यांक हेर्न यहाँ थिच्नुहोस
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]