default_image

2 years ago

February 27, 2022

एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

88 views

0 Bookmark

एजेन्सी – रेनान लोडीको दुई गोल मद्दतमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई पराजित गरेको छ । एट्लेटिकोले सेल्टालाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रेनानको गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले जियोफ्रे कोन्डोग्वियाको पासमा गोल गर्न सफल भएका थिए । ६०औं मिनेटमा रेनानले जियोफ्रेकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एट्लेटिकोको सहज जित पक्का गरे ।

यो जितसँगै एट्लेटिको म्याड्रिड २६ खेलबाट ४५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले दुई खेल कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । पराजित सेल्टा ३२ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

June 30, 2024

इङ्ल्यान्डको र स्पेनको प्रिक्वाटरफाइनल खेल आज

एजेन्सी – उपाधि दावेदारको रूपमा रहेको इङ्ल्यान्ड आज युरो कप २०२४ को राउण्ड अफ १६ अन्तर्गत आफ्नो खेल खेल्दैछ । इङ्ल्यान्डले आज नेपाली समय अनुसार राती ९:४५ बजे स्लोभाकिया विरुद्ध आफ्नो अन्तिम १६ को खेल खेल्नेछ । खेल गेल्सेनकर्चेन स्थित एरिना आउफशाल्केमा हुनेछ । इङ्ल्यान्ड समूह सि को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको […]

June 30, 2024

अर्जेन्टिना शत प्रतिशत जितसहित समूह विजेता

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ । अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा […]

June 30, 2024

जर्मनी युरोको क्वाटरफाइनलमा

एजेन्सी – घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउन्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो । डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमान्चक खेलमा जर्मनीले २-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिए । […]

Success

Thank you for your time.