3 years ago
February 27, 2022
एजेन्सी – फ्रान्कफुर्टमाथि १–० को जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ९ अंकको अग्रता बनाएको छ । शनिबार रातिको महत्वपुर्ण जितसँगै बायर्नले एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डलाई ९ अंकले पछि पारेको हो।
बायर्नले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बायर्नको जितमा लिरोए सानेले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७१औं मिनेटमा योसुवा किम्मिखको पासमा गोल गर्न सफल भएका थिए ।
जितसँगै बायर्नको २४ खेलबाट ५८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको २३ खेलबाट ४९ अंक छ । बायर्नसँग हार बेहोरेको फ्रान्कफुर्ट २४ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा रहेको छ ।
अन्य नतिजा
बायर लिभरकुसनविरुद्ध अर्मेनिया विलेफिल्ड (३–०), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध वल्फ्सवर्ग (२–२), फ्रेइवर्गविरुद्ध हर्था बर्लिन (३–०), ग्रेउथेर फर्थविरुद्ध कोल्न (१–१) र युनियन बर्लिनविरुद्ध मेइन्ज (३–१)
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]