3 years ago
February 27, 2022
एजेन्सी – डुसान भ्लाहोभिचको दुई गोलमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । युभेन्ट्सले घरेलु टोली इम्पोलीलाई ३–२ ले पराजित गरेको हो ।
युभेन्ट्सको जितमा डुसान भ्लाहोभिचले दुई गोल गर्दा मोइस किनले एक गोल थपे । घरेलु टोलीका जाइमन जुर्काेवस्की र एन्ड्रिया ला मान्टियाले गोल गरेपनि टोलीको हार टार्न सकेन ।
इम्पोलीमा शनिबार राति भएको खेलको ३२औं मिनेटमा मोइस किनको गोलबाट पाहुना टोली युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले एड्रिएन राविओटको पासमा गोल गर्न सफल भएका थिए ।
४०औं मिनेटमा जाइमनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डुािन भ्लाहोभिचले जुआन कोर्डाडोको पासमा गोल गरेपछि युभेन्ट्स पहिलो हाफमा २–१ ले अघि बढ्यो ।
६६औं मिनेटमा डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि युभेन्ट्स सहज जिततर्फ अग्रसर बन्यो । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा घरेलु टोलीका एन्ड्रिया ला मान्टियाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्सले महत्वपूर्ण जित निकाल्न सफल भयो ।
यो जितसँगै युभेन्ट्सले तेस्रो स्थानको नेपोलीसँग अंक दुरी छोट्याउँदै शीर्ष चारमा यथावत रहेको छ । युभेन्ट्सको २७ खेलबाट ५० अंक पुगेको छ । पराजित इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]