default_image

3 years ago

February 26, 2022

‘सजिलो तरिकाले लिग जित्यौं’ – मछिन्द्र प्रशिक्षक कटुवाल

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै लिगको अन्त्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

शनिबार अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै मछिन्द्रले जितका साथ लिगको अन्त्य गरेको थियो । १३ खेल मध्ये मछिन्द्रले ११ खेलमा जित र २ मा बराबरी खेलेको थियो । सम्भव ३९ मध्ये ३५ अंक जोेडेको मछिन्द्र ११ खेलमै लिग च्याम्पियन बनेको थियो । त्यसअघि सातौं चरणको विजेताका रुपमा एएफसी कपका लागि छनोट भएको थियो ।

‘हामीले अपराजित भएर लिग टुंगाउने लक्ष्य थियो । त्यसमा पनि जितेर टुंगाएको छौं । त्यो महत्त्वपूर्ण पाटो हो’, कटुवालले लिगको अन्तिम खेलपछि भने, ‘सुरुमा सात खेल सम्म गाह्रो भएको थियो । नवौं खेलबाट सजिलो भयो । प्रतिद्वन्द्वि टोलीहरु रोकिए । यसपटक सजिलो तरिकाले लिग जितियो ।’

लगातार दोस्रो पटक उपाधि जिताएका कटुवालले थपे, ‘गत वर्ष अन्तिम सम्म कुर्नु परेको थियो । त्यसबाट धेरै सिकायो । त्यो अनुभवले यसपटक सजिलो भएको हो । गत वर्षको कमी कमजोरीलाई सुधार गर्दै यसपटक खेल्यौं । यसपटक राम्रो खेलाडी बढी अनुबन्ध गरेका थियौं । सबै खेलाडीले शतप्रतिशत दिएर अनुशासनमा बसेर खेले । त्यसकैको नतिजा हामी च्याम्पियन बनेका हौं ।’

अर्को महिना हुने एएफसी कप छनोटका लागि टोलीको तयारी लगातार रुपमै चलिरहेको कटुवालको भनाई थियो । ‘एएफसी कपको तयारी चलिरहेको छ । लिग सकेर ४ महिनापछि खेल्नुपर्ने भए गाह्रो हुन्थ्यो’, उनले भने, ‘हामी त निरन्तर खेलिरहेका छौं । हामी एएफसी कप छनोटका लागि सफल भएदेखि नै तयारी भइरहेको छ । अब मोफसलको प्रतियोगिता पनि खेल्नुपर्नेछ ।’

कटुवालले एएफसी कपका लागि टोलीलाई अझै बलियो बनाउने कोशिस गर्ने बताएका छन् । ‘एएफसीको नियमावलीले असर गर्ने हुन्छ । त्यसका आधारमा अझै बलियो टोली बनाउने कोशिस गर्नेछौं,’ उनले भने ।

चैत २२ गते दशरथ रंगशालामा मछिन्द्रले श्रीलंकाको लिग च्याम्पियन ब्लु स्टारको सामना गर्नेछ । श्रीलंकाली टोलीलाई पराजित गर्न सकेको खण्डमा अर्को चरणमा मछिन्द्रले चैत २९ गते एटिके मोहुन बगानको सामना गर्नेछ । मोहुन बगानलाई पनि हराउन सके मछिन्द्रले समूह डीमा भारतको गोकुलम केरेला, बंगलादेशको बसुन्धरा किड्स र माल्दिभ्सको माजिया स्पोर्टस् एन्ड रिक्रिएसनको सामना गर्नेछ ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.