3 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलसम्म अपराजित रहन सफल भएको छ ।
लिगको आफ्नो अन्तिम खेलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहन सफल भएको हो । मछिन्द्रको जितमा अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । एपिएफका प्रदीप लामाले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको छैटौं मिनेटमा अभिषेक गुरुङको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामा बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
११औं मिनेटमा विकी तामाङको क्रसमा आशिष लामाको प्रयासलाई गोलरक्षक विशाल श्रेष्ठले बचाए । २२औं मिनेटमा आवास लामिछानेले सुवर्ण अवसर पाएपनि उनको पेनाल्टी बक्सभित्रको प्रहार फितलो बन्यो । ३६औं मिनेटमा कप्तान नविन लामाको क्रसमा राजन गुरुङको हेडरलाई गोलरक्षक विशालले सहजै बचाए ।
३८औं मिनेटमा प्रदीप लामाको क्रसमा आशिष लामाले बक्सभित्र सुनौलो मौका चुकाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा विमल घर्तीमगरको पासमा अभिषेक रिजालको प्रहार पोस्टबाट थोरै आकासियो । ४२औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । आन्द्रेस नियाको पासमा उनले गोलरक्षक युया अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे ।
खेल पछि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्रलाई लगातार दवावमा राखेपनि गोलको लागि ६९औं मिनेटमा कुर्नुपरेको थियो । ६९औं मिनेटमा प्रदीप लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सब्सिच्युट मणि कुमार लामाको पासमा प्रदीपले गोलरक्षक विशाल अघि बढेको अवस्थामा खाली पोस्टमा बललाई जाली चुमाए ।
७४औं मिनेटमा एपिएफले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसमा कुनै प्रतिक्रिया दिएनन् । अर्मानढ विडोउमको पासमा वान भर्सेस वानको स्थितिमा ओमोलाजा नुरेन करिमले रवि थिङलाई फउल गरेको देखिएको थियो ।
८१औं मिनेटमा मिनेटमा रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । आन्द्रेस नियाको पासमा अभिषेकले अफसाइड बिट ट्याप गर्दै सहज गोल गर्न सफल भएका थिए । ८८औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिन पुगे । आवास लामिछाने र सोनाम जान्ग्पो भुटिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र विजयी हुन सफल भयो ।
च्याम्पियन र अपराजित रहने क्रममा मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । मछिन्द्रले लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबसँग गोलरहित बराबरी खेल्दा ११ खेलमा जित निकाल्यो । मछिन्द्रसँगको हारसँगै एपिएफको १३ खेलपछि अपराजित यात्रामा पूर्णविराम लागेको छ । एपिएफले लिगमा ९ खेल र आहा रारामा चार खेलमा अपराजित रहेको थियो ।
पराजित एपिएफ १३ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रह्यो । उपाधिसँगै मछिन्द्रले ७५ लाख र शिल्ड जितेको छ । दोस्रो भएको आर्मीले ५० ला तथा तेस्रो भएको एनआरटीले २५ लाख रुपैया पाएको छ ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]