3 years ago
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा विभागीय नेपाल एपिएफ फुटबल क्लबविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा अभिषेक गुरुङको गोलमा मछिन्द्रले १–० को अग्रता लिन सफल भएको हो । उनले ४२औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको छैटौं मिनेटमा अभिषेक गुरुङको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामा बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
११औं मिनेटमा विकी तामाङको क्रसमा आशिष लामाको प्रयासलाई गोलरक्षक विशाल श्रेष्ठले बचाए । २२औं मिनेटमा आवास लामिछानेले सुवर्ण अवसर पाएपनि उनको पेनाल्टी बक्सभित्रको प्रहार फितलो बन्यो ।
३६औं मिनेटमा कप्तान नविन लामाको क्रसमा राजन गुरुङको हेडरलाई गोलरक्षक विशालले सहजै बचाए । ३८औं मिनेटमा प्रदीप लामाको क्रसमा आशिष लामाले बक्सभित्र सुनौलो मौका चुकाउँदा एपिएफ अग्रता लिनबाट चुक्यो । ४०औं मिनेटमा विमल घर्तीमगरको पासमा अभिषेक रिजालको प्रहार पोस्टबाट थोरै आकासियो ।
४२औं मिनेटमा अभिषेक गुरुङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए । आन्द्रेस नियाको पासमा उनले गोलरक्षक युया अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे ।
मछिन्द्र अपराजित रहँदै लिग च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । एपिएफ मछिन्द्रको अपराजित यात्रा पूर्णविराम लगाउने योजनामा रहेको छ ।लगतार दोस्रो सिजनको लिग च्याम्पियन बन्ने क्रममा मछिन्द्रले लिगको दुई खेल बाँकी छँदै उपाधि पक्का गरेको थियो । एपिएफले सुरुवातमा रेलिगेसन जोनमा संघर्ष गरेपनि पछि लगातार उच्च प्रदर्शन गर्दै रेलिगेसन जोगाएको थियो ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]