default_image

3 years ago

February 26, 2022

एनआरटीविरुद्ध पुलिसको अग्रता

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन शनिबार न्यूरोड टिम एनआरटीविरुद्धको पहिलो हाफमा नेपाल पुलिस क्लबले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले १२ औं मिनेटमा अग्रता लिएको छ । रवि पासवानको गोलबाट पुलिसले अग्रता बनाएको थियो । दोस्रो स्थानमा लिगको अन्त्य गर्ने सम्भावनालाई जीवित राख्न एनआरटीले जित्नै पर्ने हुन्छ ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध मनाङ मस्र्याङ्दी क्लबले अग्रता लिएको छ । पहिलो हाफको अन्तिम मिनेटमा अन्जन विष्टको गोलबाट मनाङले अग्रता लिएको थियो । १२ औं चरणको समाप्तीमा एनआरटीको २० अंकसहित चौथो स्थानमा छ । पुलिस १२ अंकसहित ११ औं स्थानमा छ ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.