3 years ago
February 26, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा टर्किस क्लब गालाटासारे प्रतिद्धन्द्धी पाएको छ । शुक्रबार निकालिएको ‘ड्र’ मा बार्सिलोनाले टर्किस क्लब गालाटासारे प्रतिद्धन्द्धी पाएको हो ।
युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोनाले अन्तिम ३२ को प्ले अफमा इटालियन क्लब नेपोलीलाई समग्रमा ५–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।
यस्तै पोर्चुगिज क्लब पोर्टाेले प्रि–क्वाटरफाइनलमा फ्रान्सेली क्लब लियोनसँग तथा इटालियन क्लब एटलान्टाले जर्मन क्लब बायर लिभरकुसनसँग खेल्नेछ । इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले स्पेनिस क्लब सेभियासँग तथा स्कटिस रेन्जर्सले रेड स्टार प्रतिद्धन्द्धी पाएको छ ।
युरोपा लिगको पहिलो लेगका खेलहरु मार्च ९ र १० मा तथा दोस्रो लेगका खेलहरु त्यसको एक सातापछि हुनेछ ।
प्रि–क्वाटरफाइनल ‘ड्र’
रेन्जर्सविरुद्ध रेड स्टार
ब्रागाविरुद्ध मोनाको
पोर्टाेविरुद्ध लियोन
एटलान्टाविरुद्ध बायर लिभरकुसन
सेभियाविरुद्ध वेस्ट ह्याम
बार्सिलोनाविरुद्ध गालाटासारे
आरबी लाइप्जिगविरुद्ध स्पारटाक मस्को
रियल बेटिसविरुद्ध आइनट्राख्ट फ्रान्कफुर्ट
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]