default_image

2 years ago

February 26, 2022

अग्रता जोगाउन नसक्दा मिलान रोकियो

89 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ । मिलानले घरेलु मैदानमा उडिनेससँग १–१ गोलको बराबरी खेलेको हो ।

मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका राफयल लियोले गोल गर्दा उडिनेसका लेनोमा युडोगीले बराबरी गोल फर्काए । खेलको २९औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले सान्द्रो टोनालीको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई मिलानले दोस्रो हाफमा जोगाउन सकेन । ६६औं मिनेटमा लेनोमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।उनले रोबर्टाे पेरेराको पासमा गोल गर्न सफल भएका थिए । बराबरीपछि पनि मिलानले पाहुना टोलीमाथि बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीसँगै मिलानले शीर्षस्थानमा अंक दुरी बढाउने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको मिलानको २७ खेलबाट ५७ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ५५ अंक छ । उडिनेस २५ खेलबाट २६ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

July 6, 2024

पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । […]

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

Success

Thank you for your time.