3 years ago
February 25, 2022
एजेन्सी – युरोपा कन्फ्रेस लिगको प्ले अफमा सानदार जित निकाल्दै इंग्लिस क्लब लेस्टर सिटी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा डेनिस क्लब रान्डर्स एफसीलाई ३–१ ले तथा समग्रमा ७–२ ले पराजित गर्दै लेस्टरले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पहिलो लेगमा लेस्टरले ४–१ को जित निकालेको थियो । बिहीबार राति रान्डर्सको मैदानमा लेस्टरको सहज जितमा जेम्स म्याडिसनले दुई तथा हार्भे बार्नेसले एक गोल गरे । घरेलु टोलीका स्टेफन ओडेले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा हार्भे बार्नेसको गोलबाट लेस्टरले सुरुवाती अग्रता लिएको थियो । उनले वेलफ्रेड एनडिडीको पासमा गोल गरेका थिए ।
त्यसपछिको दुवै गोल जेम्सको नाममा रह्यो । जेम्सले पाँच मिनेटको अन्तरमा दुई गोल गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
७०औं मिनेटमा पहिलो गोल गरेका जेम्सले ७४औं मिनेटमा अर्काे गोल थपेपछि लेस्टर खेलमा ३–० ले अघि बढ्यो । ८४औं मिनेटमा स्टेफन ओडेले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
अन्य नतिजा
बोडो/ग्लिम्टविरुद्ध सेल्टिक (२–०) समग्रमा (५–१)
माकावी तेल अभिभविरुद्ध पिएसभी इन्डोभेन (१–१) समग्रमा (१–२)
पार्टीजानविरुद्ध स्पार्टा प्राहा (२–१) समग्रमा (३–१)
क्वारावागविरुद्ध मार्से (०–३) समग्रमा (१–६)
पाओकविरुद्ध मिट्जेल्यान्ड (२–१) पेनाल्टी
स्लाभिया प्राहाविरुद्ध फेनरवाच (३–२) समग्रमा (६–४)
भिटेसेविरुद्ध ¥यापिड वेन (२–०) समग्रमा (३–२)
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]