default_image

3 years ago

February 25, 2022

डर्टमुन्ड युरोपा लिगबाट पनि बाहिरियो

79 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको जर्मन क्लब बोरुसिया डर्टमुन्ड युरोपा लिगबाट पनि बाहिरिएको छ । अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित हुँदै डर्टमुन्ड युरोपा लिगबाट पनि बाहिरिएको हो ।

पहिलो लेगमा ४–२ को हार बेहोरेको डर्टमुन्डले दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि पहिलो लेगको हारले अघिल्लो चरणमा पुग्न सकेन ।आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली रेन्जर्सका लागि दुवै गोल जेम्स टाभेरनिएरले गोल गर्दा डर्टमुन्डका जुडे बेलिङघम र डोनेल मालेनले गोल गरे ।

खेलको २२औं मिनेटमा जेम्स टाभेरनिएरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली रेन्जर्सलाई १–० को अग्रता दिलाए । ३१औं मिनेटमा जुडे बेलिङघमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–१ को अग्रता लिदै युरोपा लिगको सम्भावना राखेको थियो ।

तर, ५७औं मिनेटमा जेम्स टाभेरनिएरले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । त्यसपछि तप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिदा डर्टमुन्ड अघिल्लो चरणमा प्रवेश गर्न सकेन ।

अन्य नतिजा

डिनामो जाग्रिवविरुद्ध सेभिया (१–०) समग्रमा (२–), लाजियोविरुद्ध पोर्टाे (२–२) समग्रमा (३–), ओलम्पियाकोसविरुद्ध एटलान्टा (०–३) समग्रमा (१–), रियल सोसिडाडविरुद्ध आरबी लाइप्जिग (१–३) समग्रमा (३–), ब्रागाविरुद्ध एफसी सेरिफ (–०) पेनाल्टी र रियल बेटिसविरुद्ध जेनिथ (०–०) समग्रमा (–२)

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.