default_image

3 years ago

February 25, 2022

बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलमा

166 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

बार्सिलोनाले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलमा बार्सिलोना घरेलु टोलीविरुद्ध पूरै हावी बन्दै सहज जित निकाल्न सफल भयो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा जोर्डी अल्वाले एडमा ट्राओरेको पासमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा फेरान टोरेसको पासमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को आरामदायी स्थितिमा पुग्यो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले ट्राओरेको पासमा गोल गरेपछि बार्सिलोना ४–१ ले अघि बढ्दै सहज जिततर्फ अघि बढ्यो ।

८७औं मिनेटमा माटियो पोलिटानोले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.