default_image

3 years ago

February 24, 2022

मार्टिन्सको गोलमा सातदोबाटोको जित

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो हाफमा अजायी मार्टिन्सले गरेको गोल नै निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको छ ।

नवप्रवेशी सातदोबाटोले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलको कछैटौं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पिटर सेगुनले छिटो गरी दिएको फ्रिकिकलाई सुदिप गुरुङले दिएको चलाखीपूर्ण पासमा अफसाइड बिट ट्याप गर्दै मार्टिन्सले सहज फिनिस गरेका थिए । त्यही गोल नै सातदोबाटोको जितमा निर्णायक बन्यो ।

जितसँगै सातदाबाटोको लिगमा १३ खेलबाट २१ अंक पुगेको छ । अब एनआरटी र मनाङले अंक गुमाएको खण्डमा सातदोबाटो लिगमा तेस्रो हुनेछ ।

पहिलोपटक शीर्ष डिभिजन खेलेको सातदोबाटोले लिगमा जाइन्ट किलरको छवि बनाउँदा ६ जित, ४ बराबरी र ३ हारको नतिजा निकाल्यो । पराजित च्यासल ६ अंक जोडेर लिगमा पुछारमा रह्यो । च्यासलले लिगमा १३ खेल खेल्दा १ जित, ३ बराबरी र ९ हारको नजिता निकाल्यो ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.