default_image

3 years ago

February 24, 2022

एट्लेटिको र म्यानचेस्टरको बराबरी

160 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । एट्लेटिको र म्यानचेस्टरले १–१ गोलको बराबरी खेलेको हो ।

एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । एट्लेटिकोका जोआओ फेलिक्सले गोल गर्दा म्यानचेस्टरका एन्थोनी इलांगाले बराबरी गोल फर्काए ।

खेलको सातौ मिनेटमा नै जोआलो फेलिक्सको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । रेनान लोडीको पासमा उनले अफसाइड बिट ट्याप गरेको हेडर पोलमा लाग्दै गोलमा परिणत भएको थियो । ४५औं मिनेटमा रेनान लोडीको क्रसमा सिमे भर्सलज्कोको हेडर पोलमा लागेर फर्कदा एट्लेटिको अग्रता दोब्बर पार्नबाट चुक्यो ।

८०औं मिनेटमा सब्सिच्युट विंगर एन्थोनी इलांगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७५औं मिनेटमा मार्काेस रासफोर्डको स्थानमा आएका उनले मैदान छिरेको पाँच मिनेटमै बराबरी गोल फर्काउन सफल भएका थिए । ब्रुनो फर्नान्डेसको चलाखीपूर्ण पासलाई रेइनिल्डोले स्लाइड दिदै बचाउने प्रयास गरेपनि नभेटेको बललाई एन्थोनी इलांगाले दोस्रो बरा च्याप्दै जाली चुमाएका थिए ।

यो बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना जीवित छ । एट्लेटिकोको तुलनामा म्यानचेस्टर युनाइटेडले अवे गोलको फाइदा लिन सक्नेछ । दोस्रो लेगमा यही नतिजा कायम रहे युनाइटेड अवे गोलको आधारमा क्वाटरफाइनलमा प्रवेश गर्नेछ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । बेन्फिकाको मैदानमा घरेलु टोलीका रोमन यारेमचुकले गोल गर्दा एक गोल उपहार पाएको थियो । आयाक्सका डुसान टाडिक र सेवास्टिन हालेरले गोल गरे ।

यो बराबरीले दोस्रो लेगमा यही नतिजा कायम रहे अवे गोलको आधारमा आयाक्स क्वाटरफाइनलमा पुग्नेछ । बेन्फिाकालाई कम्तीमा पनि १–० को जितको खाँचो छ । दोस्रो लेग आयाक्सको मैदानमा १५ मार्चमा हुनेछ ।

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

September 28, 2024

झरना रनिङशिल्ड फुटबल प्रतियोगिता स्थगित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगिता अविरल वर्षाका कारण प्रभावित भएको छ । लगातार भएको बर्षाले प्रतियोगिता भैरहेको कुन्जलापुरस्थित फुटबल मैदानमा पानी जमेकोले २ दिनका खेल सञ्चालन हुन सकेका छैन । ‘लगातारको झरिका कारण मैदान पानीले भरिएको छ खेल खेलाउन सकिएको छैन’ आयोजक क्लबका अध्यक्ष धनेन्द्र पौडेलले भने । शुक्रबार रोकिएको […]

September 28, 2024

नेपाल सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको छ। भारतसँग ४-२ को हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। भारतफाइनल पुगेको छ।‌ थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भारतले पकड बनायो। विशाल यादवले आठ मिनेटभित्र दुई गर्दै भारतलाई सहज स्थितिमा पुर्याए। ६१औं मिनेटमा गोलको खाता खोलेका […]

Success

Thank you for your time.