default_image

3 years ago

February 24, 2022

अन्तिम चरणमा लिग उपविजेता बन्न प्रतिस्पर्धा

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करण यो साता सम्पन्न हुँदैछ । १३ औं तथा अन्तिम चरणका ७ खेलसँगै लिगले बिट मार्नेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुंगो लागिसकेकाले अबका खेलले दोस्रो देखि १३ औं स्थान सम्मको टोलीको छिनोफानो गर्नेछ ।

११ औं चरणमा मछिन्द्र फुटबल क्लबले लिग उपाधिको रक्षा गरेको थियो । सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै उपाधि पक्का गरेको मछिन्द्रले १२ औं चरणमा थ्री स्टार क्लबलाई सोहि अन्तरमा पराजित गरेको थियो । सातदोबाटोसँग ३–२ को हारसँगै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ए डिभिजनको हैसियत गुमेको थियो । त्यसअघि फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएसँगै च्यासल युथ क्लब तीन बर्षमै बी डिभिजनमा घटुवा भएको थियो ।

अन्य खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले , एनआरटीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले र त्रिभुवन आर्मी फुटबल क्लबले संकटा क्लबलाई ३–१ ले हराएको थियो । ७ मध्ये ६ खेलमा हार जित हुँदा दुई विभागिय टोली नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लबबीचको एकमात्र खेल १–१ को बराबरी खेलेका थिए । १२ औं चरणमा १९ गोल सम्भव भएको थियो ।

लिगमा अहिले सम्म भएको ८४ खेलमा ५५ खेलमा हार जितको नतिजा निस्केको छ । २९ खेल बराबरीमा टुंगिएका छन् । त्यसमध्ये १४ खेल गोलरहित र १५ खेल गोलसहितको बराबरी भएको थियो । लिगमा १ सय ७४ गोल भएका छन् । पहिलो हाफमा ७९ र दोस्रो हाफमा ९५ गोल सम्भव भएका थिए । सातदोबाटोका अजायी मार्टिन्स र मनाङका ओलावाले अफिज बाहेक अन्य खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन् ।

८ खेलाडीले पेनाल्टीमा गोल गर्दा ४ खेलाडीको नाममा आत्मघाती गोल रहेको छ । ३ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । लिगमा अहिले सम्म २ सय ३९ पहेलो कार्ड र ५ रातो कार्ड प्रयोग भएका छन् । ७ गोलका साथ फ्रेन्ड्सका जमोल एन्थोनी फ्रान्कोइस लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । समान ६ गोलरहित मनाङका ओलावाले अफिज र मछिन्द्रका सुनिल बल संयुक्त रुपमा दोस्रो स्थानमा छन् । एपिएफका आशिष लामा र सातदोबाटोका अजायी मार्टिन्सले समान ५ गोल गरेका छन् ।

त्यस्तै मछिन्द्रका विमल घर्तीमगर, एनआरटीका दर्शन गुरुङ, फ्रेन्ड्सका नाथानिल जुडे गार्सिया, शेर्पाका मुताम्वा पिस्टोन, मनाङका अन्जन विष्ट, एनआरटीका मेसुके ओलुमोउ, पुलिसका सुमन लामा, संकटाका उत्तम राई र आर्मीका जर्जप्रिन्स कार्कीले समान ४ गोल गरेका छन् । लिगमा ९ खेलाडीले ३ गोल, १७ खेलाडीले २ र ४८ खेलाडीले १ गोल गरेका छन् ।

यस्तो छ अन्तिम चरणको खेल तालिका

लिगको १३ औं तथा अन्तिम चरणका ७ खेल साताका अन्तिम ३ दिनमा सम्पन्न हुनेछ । बिहीबारबाट सुरु हुने अन्तिम चरणका खेल शनिबार सम्पन्न हुनेछ ।

बाँकी ७ मध्ये ४ खेल दशरथ रंगशाला र ३ खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । लिगका ९१ मध्ये मंगलबार सम्ममा ८४ खेल सम्पन्न भइसकेका छन् । एन्फाले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार फागुन १२ गते एन्फाको मैदानमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा खेल हुनेछ ।

फागुन १३ गते जावलाखेल युथ क्लब र संकटा क्लबबीच दशरथ रंगशाला र सोही दिन एन्फामा ए डिभिजनबाट घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । लिगको अन्तिम दिन फागुन १४ गते शनिबार ३ खेल हुनेछन् । एन्फा मैदानमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सोही दिन दशरथ रंगशालामा पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबले एकअर्काको सामना गर्नेछन् । त्यसै दिन लिगको अन्तिम खेलमा विजेता मछिन्द्र फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबबीच हुनेछ ।

१३औं चरणको खेल

च्यासलविरुद्ध सातदोबाटो

शेर्पाविरुद्ध फ्रेन्ड्स

जावलाखेलविरुद्ध संकटा

एनआरटीविरुद्ध पुलिस

बिबिसीविरुद्ध थ्री स्टार

आर्मीविरुद्ध मनाङ

मछिन्द्रविरुद्ध एपिएफ

जम्मा खेलः ८४

५५ जितको नतिजा

२९ बराबरीको नतिजा [१४ खेल गोलरहित, १५ खेल गोलसहित]

जम्मा गोल – १७४

पहिलो हाफमा गोल – ७९ गोल

दोस्रो हाफमा गोल – ९५ गोल

ह्याट्रिक – २ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध, ओलावाले अफिज (मनाङ) च्यासलविरुद्ध]

आत्मघाती गोल – ४

पहेंलो कार्डः २३९

रातो कार्ड – ५

पेनाल्टीमा गोल – ८

पेनाल्टी मिस – ३

सर्वाधिक गोलकर्ता

१. जमोल एन्थोनी फ्रान्कोइस (फ्रेन्ड्स) – १+१+२+१+२ – ७ गोल

२. ओलावाले अफिज (मनाङ) – १+१+३+१ – ६ गोल

३. सुनिल बल (मछिन्द्र) – २+१+१+१+१ – ६ गोल

४. आशिष लामा (एपिएफ) – १+२+१+१ – ५ गोल

५. अजायी मार्टिन्स (सातदोबाटो) – ३+१+१ – ५ गोल

६. बिमल घर्तीमगर (मछिन्द्र)– १+२+१ – ४ गोल

७. दर्शन गुरुङ (एनआरटी) – २+२ – ४ गोल

८. नाथानिल जुडे गार्सिया (फ्रेन्ड्स) – १+१+२ – ४ गोल

९. मुताम्वा पिस्टोन (शेर्पा) – १+२+१ – ४ गोल

१०. अन्जन विष्ट (मनाङ) – २+१+१ – ४ गोल

११. मेसुके ओलुमोउ (एनआरटी) – १+२+१ – ४ गोल

१२. सुमन लामा (पुलिस) – १+१+१+१ – ४ गोल

१३. उत्तम राई (संकटा) – १+२+१ – ४ गोल

१४. जर्जप्रिन्स कार्की (आर्मी) – १+१+१+१ – ४ गोल

७ गोल गर्ने – १ जना

६ गोल गर्ने – २ जना

५ गोल गर्ने – २ जना

४ गोल गर्ने – ९ जना

३ गोल गर्ने – ९ जना

२ गोल गर्ने – १७ जना

१ गोल गर्ने – ४८ जना

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.