default_image

3 years ago

February 23, 2022

मौरिन्होलाई दुई खेलको प्रतिबन्ध

118 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमाका पोर्चुगिज मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई दुई खेलको प्रतिबन्ध लागेको छ । इटालियन फुटबल फेडेरेसनले उनलाई दुई खेलको प्रतिबन्धसँगै २० हजार युरो जरिवाना सुनाएको छ ।

यससँगै उनी अब इटालियन सिरी ‘ए’ मा स्पेजिया र एटलान्टाविरुद्धको खेलमा टच लाइनमा हुनेछैनन् । शनिबार राति हेलास भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । हेलास भेरोनासँग २–२ गोलको बराबरीमा सकिएको खेलमा उनले खेलको अन्त्यतिर रेफ्री लुकालाई अभद्र व्यवहार देखाएका थिए । पछि उनले टचलाइनमा रहेको बललाई दर्शकदीर्घातर्फ फालेका थिए । त्यसपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

मौरिन्होलाई उनका सहायकले संयमता अपनाउन प्रयास गरेको थियो । उनले रेफ्रीलाई युभेन्ट्सले पठाएको आरोप लगाएको थियो । ला स्टाम्पाका अनुसार ‘मौरिन्होले रेफ्री लुका पायरेटोलाई चिच्याए । उनहरुले तपाईलाई जानी जानी पठाए , युभेन्ट्सले तपाईलाई पठाए ।’

सिरी ‘ए’ मा ९२ खेलमा रेफ्री गरिसकेका र गत सेप्टेम्वरमा अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएको पेइरेटोका एक भाई छन् । जसले युभेन्टसका लागि ८ वर्ष काम गरेका थिए ।

यो सिजन सिरी ‘ए’ मा फर्किएका मौरिन्होले रोमाको जिम्मेवारी सम्हाल्दादेखि नै धेरै अनुशासनात्मक समस्या भोगिसकेका छन् । चेल्सी, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र टोटेनहमका पुर्व प्रशिक्षकलाई यो सिजनको सुरुमा नेपोलीविरुद्धको खेलपछि उनलाई दुई खेलमै प्रतिबन्ध लगाइएको थियो ।

साथै उनले यो सिजनको सुरुमा रियल बेटिससँगको मैत्रीपुर्ण खेलमा पराजय अगावै प्रतिबन्धमा परेका थिए । खेल सुरु हुनु अघि नै उनले रेफ्रीसँग भिड्ने प्रयास गरेका थिए ।

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै […]

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

Success

Thank you for your time.