3 years ago
February 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर सन्तोष तामाङले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि विभागीय आर्मी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबमाथि शानदार पूनरागमन जित निकालेको छ ।
आर्मीले संकटालाई ३–१ ले पराजित गरेको हो । एक गोलले पछि परेपछि आर्मीले सुधारिएको खेल पस्कदै संकटालाई लगातार दवावमा राख्दै दोस्रो हाफमा दुई गोल थप्दै जित निकाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीको जितमा सन्तोष तामाङसँगै जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गरे । संकटाका उत्तम राईको गोल सान्त्वना बन्यो ।
खेलको १५औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । सुभास गुरुङको कर्नरमा गौतम श्रेष्ठले नभेटेको बललाई उत्तम राई गरेको हेडर गोलरक्षक विश्वास चौधरीको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
२७औं मिनेटमा गोलरक्षक विश्वास चौधरीले दोहोरो बचाउ गर्दा सकटा अग्रता दोब्बर पार्नबाट चुक्यो । टिकाराज गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई पञ्च गर्दा रिवाउन्डका उत्तम राईको हेडरलाई विश्वासले पञ्च गर्दै बचाए ।
लगत्तै जर्जप्रिन्स कार्कीको पासमा जगजित श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन । ३३औं मिनेटमा सन्तोष तामाङको २५ यार्ड टाढाको फ्रिकिकलाई गोलरक्षक रोहित कार्कीले पञ्च गर्दै बाहिर फाल्दा आर्मी बराबरीबाट चुक्यो । ३४औं मिनेटमा सन्तोष तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
४२औं मिनेटमा जर्जप्रिन्स कार्कीको पासमा सन्तोष तामाङको प्रहार आकासियो । ६०औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जर्ज प्रिन्स कार्कीको पासमा अनमार्क रहेका सन्तोषले आर्कबाट गरेको प्रहारले जाली चुम्दा गोलरक्षक रोहित कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।
६९औं टेक बहादुर बुढाथोकीको अवसर पाएपनि सदुपोग गर्न सकेन । ७४औं मिनेटमा जर्ज प्रिन्स कार्कीले दर्शनीय गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । सन्तोष तामाङको पासमा जर्जप्रिन्सले अफसाइड बिट ट्याप गर्दै गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल गर्न सफल भएका थिए ।
८६औं मिनेटमा सक्सिच्युट टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सानदार जित दिलाए । सन्तोष तामाङको प्रहार डिफ्लेक्ट हुँदा टेकले गोल गर्न सफल भएका थिए । टेक बहादुर ३३औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदानमा छिरेका थिए ।
यो जितसँगै अपराजित रहेको आर्मी १२ खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले न्युरोड टिम (एनआरटी_ र मनाङलाई पछि पारेको हो । एनआरटी र मनाङको समान २० अंक छ । आर्मीसँग हार भोगेको संकटा १२ खेलबाट १५ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ ।
अब आर्मीले लिगको अन्तिम खेलमा मनाङलाई हराउन सके लिगमा दोस्रो स्थान पक्का गर्नेछ । मनाङलाई दोस्रो हुन आर्मीमाथिको जित र एनआरटीले अर्काे खेलमा हार बेहोर्नुपर्नेछ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]