default_image

3 years ago

February 22, 2022

उपाधि होडमा रहेको नेपोली हारबाट जोगियो

132 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर सब्सिच्युट फरवार्ड भिक्टर ओसिमहेनले गोल गरेपछि उपाधि होडमा रहेको नेपोली इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ ।

नेपोलीले घरेलु टोली क्याग्लिएरीसँग १–१ गोलको बराबरी खेलेको हो । सारडेग्ना एरिना क्याग्लिएरीमा घरेलु टोलीका लागि गास्टन पेरेइरोले गोल गर्दा नेपोलीका भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ५८औं मिनेटमा गास्टन पेरेइरोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले एलेसान्द्रो डेइओलाको पासमा गोल गर्न सफल भएका थिए । तर, क्याग्लिएरीले त्यो अग्रतालाई जोगाउन सकेन ।

८७औं मिनेटमा सब्सिच्युट फरवार्ड भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई हारबाट जोगाए । ६७औं मिनेटमा एन्ड्रिया पेटाग्नाको स्थानमा मैदान छिरेका ओसिमहेनले मारियो रुइको पासमा गोल गर्न सफल भएका थिए ।

यो बराबरीसँगै शीर्षस्थानमा उक्लने मौका गुमाएको नेपोली तेस्रो स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग अंक बराबरी गरेको नेपोली शीर्षस्थानको एसी मिलानसँग २ अंकले पछि छ । इन्टर र नेपोलीको समान ५४ अंक छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा बोलोग्नाले स्पेजियालाई २–१ ले पराजित गरेको छ । बोलोग्नाको जितमा मार्काे एर्नाउटोभिचले दुवै गोल गरे । स्पेजियाका रे मानाजले सुरुवाती गोल सान्त्वना बन्यो । जितपछि बोलोग्ना २६ खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लदा स्पेजिया २६ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.