default_image

3 years ago

February 22, 2022

‘हरेक जितले खुसी दिदैन’

208 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

हरेक जितले खुसी नै दिनु पर्छ भन्ने जरुरी नहुने रहेछ । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीका लागि सोमबार त्यस्तै भयो । सातदोबाटोले सहिद स्मार ए डिभिजन लिगमा सोमबार ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ३–२ ले हराउँदा पनि केसी खुसी भन्दा बढी भावुक भए । त्यहि खेलको हारसँगै दश वर्षपछि बिबिसीले ए डिभिजन हैसियत गुमायो ।

लिगको १२ औं चरणको खेलको त्यो हारपछि बिबिसी बी डिभिजनमा घटुवा हुने पक्का भएको थियो । खेलको अन्तिम तिर गोल गर्दै सातदोबाटो विजयी भएको थियो । बराबरीमा पनि बिबिसीको रेलिगेसन टर्ने सम्भावना यथावत रहने अवस्था थियो । निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा खेल २–२ को अवस्था थियो । यता टच लाइनमा केसी छटपटाइ रहेका थिए । उनी स्पष्ट जित चाहन्थे ।

आफ्ना गोलकिपर प्रशिक्षक उज्वल मानन्धरसँग लगातार सल्लाह गरिरहेका थिए । ८४ औं मिनेटमा अजयी मार्टिन्सको ठाँउमा केसीले प्रशान्त अवस्थीलाई मैदान पठाए । संयोग ८७ औं मिनेटमा निरज चौधरीले गोल गर्दै टोलीलाई ३–२ ले अग्रता दिलाए । त्यहि गोलले बिबिसीको रेलिगेसन पक्का भयो । बिबिसीमाथि केसीले सहानुभुती राख्न सक्ने अनुमान तत्काल गलत साबित हुन पुग्यो ।

‘जितको भन्दा पनि कुनै टिम हामीसँगको खेलपछि रेलिगेट हुँदा दुःख लागेको छ। अझ त्यसमापनि त्यस्तो टिम रेलिगेट भयो, जसमा म आफैले ए डिभिजनमा ल्याउनका लागि खेलेको थिए’, पोष्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘कुनै बेला म आफू खेलेको क्लब हो । फुटबलमा व्यवसायिक धर्म निभाउनु पर्छ । हामीले जितका लागि खेल्नुपर्थ्यो । सफलता पनि मिल्यो । तर पनि व्यक्तिगत रुपमा जितमा खुसी हुन सकेको छैन । जितका लागि खेल्नुपर्छ त्यो अलग पाटो हो । यो टिम रेलिगेट भएपनि अरु टिमसँग यो डेटमा भएको राम्रो हुने थियो । अलि खल्लो फिल भइराखेको छ।’

झण्डै डेढ दशक स्थानिय क्लब जावालखेल युथ क्लबबाट ए डिभिजन लिग खेलेका केसीले त्यसपछि प्रशिक्षणमा लागिसकेका थिए । छिमेकी क्लब बिबिसीको अनुरोध अस्वीकार गर्न नसकेर केसी बि डिभिजन लिग खेल्न तयार भए । केसी सम्मलित टोली २०६१ मा ए डिभिजनमा बढुवा भएको थियो । संयोग अहिले केसीले प्रशिक्षण दिइरहेको टोलीसँग खेल्दै बिबिसी ए डिभिजनबाट बिदा भएको छ ।
त्यसको दबाब केसी माथि थियो ।

‘प्रेसर त हुन्छ नि । मैले ए डिभिजन छाडिसकेपछि उहाँहरुको अनुरोध गर्दा धेरै पछि खेले । ए डिभिजनमा पुर्याउन मद्दत पनि गरे’, उनले भने, ‘त्यहि टोलीमाथि जित्दा बी डिभिजन झर्छ भन्न थाहा थियो । कहिले काहिँ केहि गर्न नसकिने हुन्छ । त्यस हिसाबले आफैसँग प्रेसर थियो ।’

अर्को एउटा संयोग पनि केसीले स्मरण गरे । लिग खेल्न छाडिसकेका केसीले २०६३ को लिगमा एक खेल फेरि जावलाखेलबाट खेलेका थिए । ‘जावलाखेलले सुरुको ६ खेलमा बराबरी खेल्यो । दबाबमा थियो’, उनले भने, ‘सबैको सल्लाहमा मैले सातौं खेल खेल्नुपर्ने भयो । मैले सुरुको २ गोल गरे । त्यसपछि चोट लागेर म निस्किए । गौरव थापाले ५ गोल गरेपछि हामी ७–० ले जित्यौं । त्यो जित पछि बिबिसीविरुद्ध नै थियो ।’

ए डिभिजनका थुप्रै क्लबलाई प्रशिक्षक दिइसकेका केसीको सातदोबाटोले यसपटक जाएन्ट किलरको उपनाम पाएको छ । १२ खेलमा टोलीले ५ जित निकालेको छ । त्यसमा बिबिसी अघि सर्वाधिक ८ पटक लिग जितेको मनाङ मस्र्याङ्दी क्लबलाई २–१, केसीको पूर्व क्लब लिगको विजेता रहि सकेको थ्री स्टार, अर्को पूर्व विजेता नेपाल पुलिस क्लबलाई १–० ले र अहिले सुधारिएको प्रदर्शन गरेको एपिएफ फुटबल क्लबलाई ४–२ ले हराएको थियो । त्यसो त प्रशिक्षक केसी मातृशोक परेपछि टचलाइनमा नहुँदा सातदोबाटोको प्रदर्शनमा असर परेको थियो । खेलाडीहरु नै उनको उपस्थितिले मनोबल उच्च हुने बताउँछन् ।

जाएन्ट किलरको नाम बनाइसकेको टोलीले बिबिसीसँग बराबरी वा पराजित हुँदा सबै भन्दा बढी प्रश्न केसीमाथि नै तेर्सिनसक्थ्यो । त्यसमा पनि केसी खरो उत्रेका छन् । तर, पनि बिबिसीसँगको भावनात्मक सम्बन्धका कारण उनी आफै भने जितमा पूरा खुसी हुन सकेनन् । आफैले ए डिभिजनमा उकाल्न भूमिका खेलेका केसीकै टोलीसँगको हारबाट बिबिसी घटुवा भयो । बिबिसीको घटुवा र बढुवा दुवै इतिहासमा केसीलाई स्मरण गरिनेछ ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.