default_image

8 years ago

November 29, 2016

झापा दुहबी गोल्डकपको सेमिफाइनलमा, अब मनाङसँग भिड्ने

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रमपम झापा फुटबल क्लब मनमोहन दुहबी गोल्ड कप फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा भारतको शेर फुटबल क्लब, कालिङपोङलाई २–० ले हराउँदै झापाले अन्तिम चारको यात्रा तय गरेको हो ।

yogesh

अब फाइनल प्रवेशका लागि झापाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । आयोजक मध्येको एक इलेभन एरोज क्लबलाई २–१ ले हराउँदै मनाङ सेमिफाइनल पुगेको थियो ।  झापालाई जित दिलाउन योगश गुरुङ र विशाल राईले गोल गरेका थिए । योगेशले आठौं मिनेटमै गोल गरेका थिए । ३ मिनेट इन्जुरी समयको पहिलो मिनेटमा विशालले गोल गरेपछि शेर फुटबलको खेलमा फर्कने सम्भावना सकिएको थियो । योगश म्यान अफ दी म्याच घोषित भए र उनले ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र बिआरसी भुटानबीच पहिलो सेमिफाइनल हुनेछ । सेमिफाइनल दुहबी रंगशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजकले जनाएका छन् ।

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

March 22, 2025

श्रेष्ठको नेतृत्वमा अन्नपूर्ण आरसिटीमा नयाँ कार्यसमिति

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]

Success

Thank you for your time.