3 years ago
February 21, 2022
एजेन्सी – कप्तान मार्को रिउसले दुई गोलसँगै तीन असिस्ट दिएपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकालेको हो ।
सिग्नल इडुना पार्कमा घरेलु टोलीको फराकिलो जितमा कप्तान मार्का रिउसले दुई तथा डोनेल मालेन, मारिअस वल्फ, युसुफो मौकाको र इम्री कयानले समान एक गोल गरे । पहिलो हाफमा २–० को अग्रता लिएको डर्टमुन्डले दोस्रो हाफमा चार गोल थप्दै सानदार जित निकाल्न सफल भयो ।
खेलको २६औं मिनेटमा कप्तान मार्काे रिउसको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता बनायो । ३२औं मिनेटमा डोनेल मालेनले गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले कप्तान मार्काे रिउसको पासमा गोल गर्न सफल भएका थिए ।
७०औं मिनेटमा कप्तान रिउसकै पासमा मारिअस वल्फले गोल गरेपछि डर्टमुन्ड खेलमा ३–० ले अघि बढ्यो । लगत्तै ७४औं मिनेटमा युसुफो मौकाकोले कप्तान रिउसकै पासमा गोल गर्दै डर्छमुन्डलाई ४–० ले अघि बढाए ।
८२औं मिनेटमा कप्तान रिउसले म्याट हमेल्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाचौ गोल गर्दै डर्टमुन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डलाई ६–० को सानदार जित दिलाए ।
यो जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डको २३ खेलबाट ४९ अंक पुगेको छ । डर्टमुन्ड शीर्षस्थानको बायर्न म्युनिखसँग ६ अंकले पछि छ । बायर्नको समान खेलबाटै ५५ अंक छ । पारजित बोरुसिया मोन्चेनग्लाडवाक २६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
बुन्डेसलिगाकै अर्काे खेलमा आरबी लाइप्जिगले १० खेलाडीमा समेटिएको हर्था बर्लिनमाथि ६–१ को सानदार जित निकालेको छ । लाइप्जिगको जितमा क्रिस्टोफर एनकुकुले दुई तथा बेन्जामिन हेनरिच, ड्यानियल ओल्मो, एमाडोउ हैडारा र युसुफ पउलसेनले समान एक गोल गरे । घरेलु टोलीका स्टेभेन जोभेटिकले एक गोल गरे ।
१–१ गोलको बराबरीको स्थितिमा रहँदा मार्क ओलिभर किम्फले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीमा समस्यामा परेको थियो । त्यसको फाइदा उठाउँदै लाइप्जिगले पाँच गोल थप्दै टोलीको फराकिलो जित सुनिश्चित गरेको थियो ।
यो जितसँगै लाइप्जिग २३ खेलबाट ३७ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । समान ३७ अंक नै रहेपनि गोलअन्तरमा होफेनहाइन र फ्रेइवर्ग पाँचौ र छैटौं स्थानमा रहेको छ । पराजित हर्था २३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]