default_image

3 years ago

February 21, 2022

सस्सुलोसँग इन्टर मिलान स्तब्ध

197 views

0 Bookmark

एजेन्सी – शीर्ष दौडमा रहेको इन्टर मिलान इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमा सस्सुलोसँग स्तब्त्र बनेको छ । इन्टरले सस्सुलोसँग २–० को हार बेहोरेको हो ।

घरेलु टोलीलाई स्तब्ध पार्न सस्सुलोका जियाकोमो रास्पाडोरी र जियानलुका स्कामाकाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।मिलानोमा आइतबार राति भएको खेलको आठौं मिनेटमा जियाकोमो रास्पाडोरीको गोलबाट इन्टर घरेलु मैदानमा आठौं मिनेटमा पछि परेको थियो । उनले डोमिनिको बेरारडीको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा जियानलुका स्कामाकाले गोल गर्दै सस्सुलोको अग्रता दोब्बर पारे । उनले हामिद ट्राओरेको पासलाई सदुपयोग गरेका थिए ।
खेलको सुरुवाती समयमै पछि परेको इन्टरले त्यसपछि बल पोसेसन राख्दै सस्सुलोलाई दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो हारसँगै इन्टरले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । सस्सुलोलाई हराउन सकेको भए इन्टरले शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लने थियो ।

दोस्रो स्थानमा रहेको इन्टर २५ खेलबाट ५४ अंक छ । एक खेल बढी खेलेको एसी मिलानको ५६ अंक छ । इन्टरलाई हराएको सस्सुलो २६ खेलबाट ३३ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.