default_image

3 years ago

February 21, 2022

लेवान्डोस्की चम्कदा बायर्नको सानदार पूनरागमन जित

107 views

0 Bookmark

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार पूनरागमन जित दर्ता गरेको छ ।

घरेलु मैदानमा बायर्नले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पुछारमा रहेको ग्रिउथेर फर्थलाई ४–१ ले पराजित गरेको हो । बायर्नको फराकिलो जितमा लेवान्डोस्कीले दुई गोल गर्दा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल थपे । एक गोल उपहार पाएको थियो । ग्रिउथेरका ब्रानिमिरको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिनामा आइतबार राति भएको खेलको ४२औं मिनेटमा ब्रानिमिरले फ्रिकिकमा सिधै गोल गर्दै ग्रिउथेरले पहिलो हाफमा १–० ले अघि बढाएका थथिए । तर, घरेलु टोलीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सानदार जित निकाल्न सफल भयो ।

दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इरिक म्याक्सिम चुपो मोटिङको पासमा गोल गर्न सफल भएका थिए । ६१औं मिनेटमा सेवास्टिन ग्रिसविकले आत्मघाती गोल गरेपछि बायर्नले खेलमा २–१ को अग्रता बनायो ।

८२औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अघि बढाए । उनले निकलस सुलको पासमा गोल गरेका थिए । यो सिजनको बुन्डेसलिगामा २३ खेलमा उनको यो २८औं गोल हो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले सर्ज जिनाब्रीको पासमा गोल गर्दै बायर्नको फराकिलो जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २३ खलेबाट ५५ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई ६ अंकले पछि पारेको छ । पारजित ग्रिउथेर २३ खेलबाट १३ अंक जोडेर पुछारमा रहेको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.