3 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एनआरटीले मनाङसँगै आर्मी र थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । आइतबार भएको एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलको १५औं मिनेटमा सनम सोडेम्वा लिम्बुको प्रहारलाई गोलरक्षक अशोक बरालले मुस्किलले नियन्त्रणमा लिए ।
२६औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै न्युरोड टिम (एनआरटी) लाई १–० को अग्रता दिलाए । एरिक विष्टको फ्रिकिकलाई मेसुके ओलुमोउले पेनाल्टी बक्समा पाएको अवसरलाई सदुपयोग गर्दा मनाङका गोलरक्षक अशोक बरालले कुनै प्रतिक्रिया नै जनाउन पाएन ।
३४औं मिनेटमा दीपक राईको क्रसमा कप्तान विमल रानाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ बराबरीबाट चुक्यो । ४२औं मिनेटमा दिनेश राजवंशीको क्रसमा विमलकै हेडरलाई गोलरक्ष कपुजन होनाले डाइभ दिदै बचाए । ४५औं मिनेटमा मेसुकेको प्रहार फ्रान्कलिन कोटेटालाई डिफ्लेक्ट हुँदै बाहिरिदा एनआरटी अग्रता दोब्बर पार्नबाट चुक्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडेलाजा सोमिडेको प्रहार दोस्रो बार च्याप्दै थोै बाहिरिदा मनाङ बराबरीबाट चुक्यो । ५३औं मिनेटमा स्टेफन समिरको पासमा राजेश परियारले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक अशोकले बचाए ।
७४औं मिनेटमा कप्तान दर्शन गुरुङको सशक्त प्रहारलाई गोलरक्षक अशोक बरालले पञ्च गर्दै बचाए । त्यसपछि पनि दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि गोल निस्कन नसक्दा खेल एनआरटीले आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल पस्कनेपनि गोल गर्न नसक्दा मनाङले लिगमा लगातार दोस्रो तथा समग्रमा चौथो हार बेहोर्न पुग्यो । मनाङ यसअघि मछिन्द्र, सातदोबाटो र एपिएफसँग पराजित भएको थियो । एनआरटीले भने पाँचौ जित दर्ता गर्न सफल भयो ।
यो जितसँगै एनआरटीको १२ खेलबाट २० अंक पुगेको छ । समान २० अंक नै रहेपनि मनाङ हेड टु हेडमा तेस्रो स्थानमा झरेको छ । एक खेल कम खेलेको आर्मीको १९ अंक छ । थ्री स्टारको १८ अंक छ ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]