3 years ago
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा क्लबमाथि जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २–१ ीजतसँगै जावलाखेलले रेलिगेसन खतरालाई लगभग टारेको छ । तेस्रो जितसँगै १३ अंक पुगेको जावलाखेल १० औं स्थानमा उक्लेको छ । १० अंकको नेपाल पुलिस क्लब भने ११ औं स्थानमा झरेको छ । जावलाखेलको जितले ब्रिगेड ब्वाइज क्लब, पुलिस र फ्रेन्ड्स क्लबमाथि रेलिगसेन दबाब बढेको छ । नेपाल पुलिस क्लबको पनि समान ११ अंक नै छ । अंक तालिकाको १२ औं स्थानमा रहेको फ्रेन्ड्सको १० अंक छ भने ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को ७ अंक छ ।
६ अंक मात्र जोड्न सकेको च्यासल युथ क्लब शनिबार नै रेलिगेसनमा परिसकेको छ । पुलिस र बिबिसीले २ खेल बाँकी छ । जावलाखेल र फ्रेन्ड्ले भने अन्तिम १ खेल खेल बाँकी छ । रेलिगेसनमा पर्ने दोस्रो टोलीको टंगो लाग्न बाँकी छ ।
जुनियरले ८८ औं मिनेटमा गरेको गोल खेलको निर्णयक बनेको थियो । त्यसअघि रुपबहादुर लामाको गोलबाट जावालखेलले १५ औं मिनेटमा अग्रता लिएको थियो । रुपबहादुरको कर्नरमा सिधै गोलमा परिणत भएको थियो । हिमालयन शेर्पाका लागि अृमत श्रेष्ठले बराबरी गोल फर्काएका थिए । ७१ ऋौं मिनेटमा विशोन गुरुङको कर्नमार उर्लिच शिवेको हेडरमा आएको बललाई नियन्त्रणमा लिदै अमृतले बाइसाइकल किकमार्फत बराबरी गोल गरेका थिए । त्यसपछि दबाब बढाएको जावलाखेलले जुनियरको गोलमा महत्वपूर्ण तीन अंक जोडको छ ।
खेलको पाँचौ मिनेटमा रुप बहादुरको फ्रिकिक पोष्टको माथिबाट बाहिरिदा जावलाखेलले अग्रता लिने मौका गुमाएको थियो । १३ औँ मिनेटमा शेर्पाका कप्तान विश्वास श्रेष्ठको फ्रिकिमा उर्लिच सिवेको हेडर दोस्रो बारको नजिकैबाट बाहिरियो ।
३२ औं मिनेटमा निकोलस फर्नान्डेजको कर्नर प्रहारमा उर्लिचको हेडर पोष्टको थोरैमाथिबाट बाहिरिदा जावलाखेलले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । खेलको ३७ औं मिनेटमा डिबक्स नजिकैबाट जावलाखेलका निकोलसको प्रहार शेर्पाका गोलरक्षक दिप कार्कीले सहजै बचाए । ४० औ मिनेटमा कप्तान विश्वासको फ्रिकिक प्रहार पोष्टको माथिबाट बाहिरिदा शेर्पाले बराबरीको मौका गुमाएको थियो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]