3 years ago
February 20, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान पुछारको टोलीसँगको हारबाट जोगिएको छ । मिलानले घरेलु टोली सालेरनीटानासँग २–२ गोलको बराबरी खेलेको हो ।
घरेलु टोली सालेरनीटानाका फेडरिको बोनाजजोली र मिलान डिजुरिकले गोल गर्दा मिलानका जुनियर मेसिएस र एन्टी रेविचले गोल गरे । खेलको पाँचौ मिनेटमा जुनियर मेसिएसको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए ।
२९औं मिनेटमा फेडरिको बोनाजजोलीले मिलान डिजुरिकको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७२औं मिनेटमा मिलान डिजुरिकले पास्कल माजोच्चीको पासमा गोल गरेपछि मिलान खेलमा २–१ ले पछि परेको थियो । तर, ७७औं मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई हारबाट जोगए ।
यो बराबरीसँगै मिलान २६ खेलबाट ५६ अंक जोडेर शीर्षस्थानमा यथावत रहेपनि अंक दुरी बढाउने अवसर गुमाएको छ । दुई खेल कम खेलेको इन्टर मिलानको ५४ तथा एक खेल कम खेलेको नेपोलीको ५३ अंक छ । इन्टर र नेपोलीले बाँकी खेलमा सफलता हात पारे मिलाले शीर्षता गुमाउनेछ । सालेरनिटाना १४ अंक जोडेर पुछारमा रहेको छ ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]