default_image

2 years ago

February 20, 2022

बेन्जेमा चम्कदा रियल म्याड्रिडको सानदार जित

50 views

0 Bookmark

एजेन्सी – कप्तान करिम बेन्जेमाले एक गोलसँगै दुई असिस्ट दिएपछिस्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ ।

रियलले घरेलु मैदानमा डिर्पोेटिभो एलाभेसमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा सान्टियागो बर्नबेउमा रियलको सहज जितमा मार्काे एसेन्सियो, भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै भएको थियो ।

शनिबार राति भएको खेलमा घरेलु टोली रियलले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव सिर्जना गरेपनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६३औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

८०औं मिनेटमा कप्तान बेन्जेमाकै पासमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । यो सिजनको ला ला लिगामा भिनिसियसको यो १३औं गोल हो । उनले ५ असिस्ट समेत दिइसकेका छन् ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सुरुवाती दुई गोलमा असिस्ट दिएका बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे । रोड्रिगोलाई पेनाल्टी बक्समा फ्लोरिएन लेजिउनीले फउल गरेपछि प्राप्त पेनाल्टीमा बेन्जेमा चुकेनन् । यो सिजनको ला लिगामा बेन्जेमाको यो १८औं गोल हो । उनले ९ असिस्ट दिइसकेका छन् ।

यो जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । रियलको २५ खेलबाट ५७ अंक पुगेको छ । एक खेल कम खेलेको सेभियाको ५० अंक छ । पराजित एलाभेस २० अंक जोडेर १९औं स्थानमा रहेको छ ।

अर्काे खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेआले गोल गरे ।

यो जितसँगै एट्लेटिको २५ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित ओसासुना ३२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.