3 years ago
February 19, 2022
एजेन्सी – अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचको गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा १–० ले हराएको हो ।
सेलह्रस्ट पार्क लन्डनमा शनिबार राति भएको खेलमा जियाचले दोस्रो हाफमा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । उनले ८९औं मिनेटमा गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलका चेल्सीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि अन्तिम समय नै पर्खनु परेको थियो । ७५औं मिनेटमा हाकिम जियाचले गोल गरेपनि उनको गोलले मान्यता पाएन । उक्र गोलको मुभमा उनी अफसाइड ठहरिएका थिए ।
तर, जियाचले नै ८९औं मिनेटमा गोल गर्दै चेल्सीलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २५ खेलबाट ५० अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १३ अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग ६ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस २६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।
शनिबारै लिभरपुलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याउँदै पुछारमा रहेको नर्विच सिटीमाथि ३–१ को पूनरागमन जित निकालेको छ । एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे । नर्विचका मिलोट रासिकाको गोल सान्त्वना बन्यो ।
यो पूनरागमन जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ६ मा छोट्याएको छ । लिभरपुलको २५ खेलबाट ५७ तथा समान खेलबाटै शीर्षस्थानमा रहेको सिटीको ६३ अंक छ । पराजित नर्विच १७ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव बढेको छ ।
अन्य नतिजा
वेस्ट ह्यामविरुद्ध न्यूक्यासल (१–१), आर्सनलविरुद्ध ब्रेन्टफर्ड (२–१), एस्टन भिल्लाविरुद्ध वाट्फोर्ड (०–१), ब्राइटनविरुद्ध बर्नले (०–३), साउथह्याम्टनविरुद्ध एभर्टन (२–०)
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]