default_image

3 years ago

February 19, 2022

लिभरपुलको पूनरागमन जित

119 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पूनरागमन जित निकालेको छ । लिभपुलले पुछारमा रहेको नर्विच सिटीमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गरे । नर्विचका मिलोट रासिकाको गोल सान्त्वना बन्यो । सबै चार गोल दोस्रो हाफमा नै भएको थियो ।

घरेलु मैदानमा नर्विचलाई दवावमा राखेपनि लिभरपुल ४८औं मिनेटमा मिलोट रासिकाको गोलबाट पछि परेको थियो । उनले जोसुआ सार्गेन्टको पासमा गोल गर्न सफल भएका थिए । अग्रता लिएको नर्विचले त्यो अग्रतालाई जोगाउन सकेन ।

६४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । कोन्सटाटिनोसको पासमा मानेले ओभरहेड किकमा दर्शनीय गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा मोहम्मद सलाहले गोलरक्षक एलिसन बेकरको पासमा गोल गर्दै लिभरपुलाई २–१ को अग्रता दिलाए ।

८१औं मिनेटमा लुयस डियाजले गोल गर्दै लिभरपुलको पूनरागमन जित पक्का गरे । उनले कप्तान जोर्डन हेन्डरसनको पासलाई सदुपयोग गरेका थिए ।

यो पूनरागमन जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ६ मा छोट्याएको छ । लिभरपुलको २५ खेलबाट ५७ तथा समान खेलबाटै शीर्षस्थानमा रहेको सिटीको ६३ अंक छ । पराजित नर्विच १७ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव बढेको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.