default_image

3 years ago

February 19, 2022

च्याम्पियन मछिन्द्रले थ्री स्टारलाई हरायो

340 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले दोस्रो हुने दौडमा रहेको रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

कप्तान सुजल श्रेष्ठको गोलमा मछिन्द्रले थ्री स्टारलाई १–० ले पराजित गरेको छ । यो जितसँगै च्याम्पियन बनिसकेको मछिन्द्रले यो सिजन अपराजित यात्रा १२औं खेलसम्म राख्न सफल भयो । अब मछिन्द्रले लिगका अन्तिम खेलमा एपिएफलाई जिते या बराबरीमा रोके अपराजित रहँदै च्याम्पियन बने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १७औं मिनेटमा राफयल रिमगागाको फ्रिकिक पहिलो बार च्याप्दै थोरै बाहिरियो । १९औं मिनेटमा अन्सुमाना क्रोमाहको पासमा हेमन्त थापामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले डाइभिङ पञ्च दिदै बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा उत्सव राईको कर्नरमा सोनाम जाङ्पो भुटियाको हेडरलाई गोलरक्षक प्रिसोले बचाए । २३औं मिनेटमा निशान खड्काको ब्याक पासलाई अभिषेक रिजालले भेट्दै गरेको प्रहार गोलरक्षक प्रिसोलाई पनि बिट गर्दै पोस्टटर्फ अघि बढेको बललाई निशानले नै गोललाईनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारे ।

४४औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिकलाई गोलरक्षक प्रिसोले दोस्रो प्रयासमा नियन्त्रणमा लिने क्रममा अभिषेक रिजालले फउल गर्न पुगे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बुद्ध राज लिम्वुको पासमा अभिषेक रिजालको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक प्रिसोले बचाउँदै मछिन्द्रको अग्रता टारे । लगत्तै काउन्टर अट्याकमा सन्जोक राईको प्रहार डिफेन्डर छिरिङ गुरुङलाई लाग्दै फर्कदा थ्री स्टार पनि अग्रता लिनबाट चुक्यो ।

४८औ मिनेटमा पेनाल्टी बक्सबाहिरको हेमन्त थापा मगरको फ्रिकिक सदुपयोग हुन सकेन । ५१औं मिनेटमा अन्सुमाना क्रोमाहको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा थ्री स्टारले अग्रता लिन सकेन । ८९औं मिनेटमा थ्री स्टर अग्रता लिनबाट चुक्यो । सन्जोक राईको पासमा सब्सिच्युट विजय भुजेलले वान भर्सेस वानको अवस्थामा सुवर्ण अवसर पाएपनि उनले प्रहार गर्न नसक्दा देवेन्द्र तामाङलाई लाग्दै बाहिरियो । इ

न्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुजलले पेनाल्टीमार्फत गोल गर्दै मछिन्द्रलाई १–० को जित दिलाए । सब्सिच्युट जीवन गुरुले पेनाल्टी बक्समा अभिषेक गुरुङलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गरेको थियो ।

उक्त निर्णयमा विवादमा उत्रिएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले उनलाई रातो बार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । त्यसपछि सुजलले गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

यो जितसँगै अपराजित रहेको मछिन्द्र १२ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । मछिन्द्र दुई खेल अघि नै च्याम्पियन बनिसकेको छ । हारसँगै थ्री स्टारले मनाङ र आर्मीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । थ्री स्टार १२ खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.