3 years ago
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लब र दोस्रो हुने दौडमा रहेको रुस्लान थ्री स्टार क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १७औं मिनेटमा राफयल रिमगागाको फ्रिकिक पहिलो बार च्याप्दै थोरै बाहिरियो । १९औं मिनेटमा अन्सुमाना क्रोमाहको पासमा हेमन्त थापामगरको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले डाइभिङ पञ्च दिदै बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
२२औं मिनेटमा उत्सव राईको कर्नरमा सोनाम जाङ्पो भुटियाको हेडरलाई गोलरक्षक प्रिसोले बचाए । २३औं मिनेटमा निशान खड्काको ब्याक पासलाई अभिषेक रिजालले भेट्दै गरेको प्रहार गोलरक्षक प्रिसोलाई पनि बिट गर्दै पोस्टटर्फ अघि बढेको बललाई निशानले नै गोललाईनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारे ।
४४औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिकलाई गोलरक्षक प्रिसोले दोस्रो प्रयासमा नियन्त्रणमा लिने क्रममा अभिषेक रिजालले फउल गर्न पुगे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बुद्ध राज लिम्वुको पासमा अभिषेक रिजालको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक प्रिसोले बचाउँदै मछिन्द्रको अग्रता टारे ।
लगत्तै काउन्टर अट्याकमा सन्जोक राईको प्रहार डिफेन्डर छिरिङ गुरुङलाई लाग्दै फर्कदा थ्री स्टार पनि अग्रता लिनबाट चुक्यो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]