default_image

3 years ago

February 19, 2022

रेलिगेसन टार्न फ्रेन्ड्स र च्यासल भिड्दै

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिग उपाधिको छिनोफानो भइसकेको अवस्थामा अबको चासो भने रेलिगेसनमा पर्ने र उम्कने टोलीमाथि हुनेछ ।

रेलिगेसन दबाबमा रहेको फ्रेन्ड्स क्लब र अंक तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबबीच खेलबाट लिगको १२ औं चरणको सुरुवात हुँदैछ । दशरथ रंगशालामा यि दुई टोलीबीच शनिबार १ः०० बजे खेल सुरु हुनेछ ।

सबैभन्दा दबाबमा च्यासल रहेको छ । ११ खेलमा टोलीले मात्र ६ अंक जोडेको छ । एउटा मात्र जित निकालेको च्यासलले २ खेलमा बराबरी र बाँकीमा हार बेहोरेको थियो । अन्तिम दुई खेल जित्न सकेको अवस्थामा भने टोलीको रेलिगेसन खतरा टर्न सक्छ । फ्रेन्ड्सको अवस्था च्यासलको भन्दा थोरै मात्र सहज छ । १२ औं स्थानमा रहेको फ्रेन्ड्स र १३ औं स्थानमा रहेको बिग्रड ब्वाइज क्लब (बिबिसी) को समान ७ अंक छ ।च्यासलसँगको खेलका लागि दुई दिनको तयारी राम्रै भएको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले शुक्रबार प्रि म्याच कन्फ्रेन्समा बताएका छन् ।

‘दुई दिनको तयारी राम्रै भएको छ । रेलिगेसन जोगाउनका लागि च्यासलविरुद्धको खेल महत्वपूर्ण छ । त्यो खेल जित्यौं भने रेलिगेसनबाट जोगिने सम्भावना ८० प्रतिशत हुन्छ । जितको विकल्प छैन । हार्यो भने जोगिन गाह्रो छ,’ उनले भने, ‘त्यो अवस्थामा बेला सातदोबाटो युथ क्लब र थ्री स्टारको प्रदर्शनमा रेलिगेसन पर्ने टोलीको टुंगो लाग्ने अवस्था बन्छ । च्यासलसँग जिते कुरै सक्यो । सातदाबाटो बलियो छ । यसपटक ललितपुरकै दुई टोली रेलिगेसनमा पर्ने सम्भावना देखिएको छ।’

पछिल्ला दुई खेलमा ४ अंक जोड्दै फ्रेन्ड्सले रेलिगेसन खतरालाई केहि कम गराएको थियो । उता च्यासलले भने सोचे जस्तो प्रदर्शन गर्न सकेको छैन । मिश्रले च्यासल पनि जित्ने लक्ष्यका साथ आउने जनाउँदै भने, ‘हामी दुवै टोलीको अवस्था उस्तै छ । त्यसैले आक्रामक खेल हुनेछ । उनीहरुका लागि पनि गर वा मरको अवस्था छ ।’

उनले आफू उपाधि जित्न नभई रेलिगेसनबाट जोगाउने उद्देश्य साथै नै यसपटकको टोली सम्हालेको दोहोराए । पूरा डर छ । लिग सुरु भएदेखि पीडा छ । निन्द्र आउँदैन । टाउकै फुट्ला जस्तो हुन्छ, उनले थपे, ‘आफ्नो खेल खेल्नु पर्छ । बजारको हल्लामा गएर हुन्न। सेभ गर्छु । लिग च्याम्पियनको लागि कोच बनेको होइन । सेभ गर्छु भन्ने लक्ष्य लिएर आएको हु । त्यहि हो मेरो दायित्व ।’

शनिबार हुने अर्को खेलमा लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । अपराजित रहँदै लिगको अन्त्य गर्ने लक्ष्यका साथ खेल्ने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् । थ्री स्टारका प्रशिक्षक रविन्द्र शिलाकारले पनि आफूहरु पनि जितको लक्ष्यका साथ खेल्ने र जितको सम्भावना रहेको बताए । बुधबार सातदोबाटोलाई १–० ले हराएर मछिन्द्रले २ खेल अगाडि नै लिग जितेको थियो । लिग इतिहासमा उपाधि रक्षा गर्ने मछिन्द्र सातौं क्लब बनेको छ । मछिन्द्रले २०७६ मा पहिलो पटक लिग जितेको थियो ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.