3 years ago
February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको भक्तपुर कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भक्तपुर युवा टिम विजयी भएको छ ।
आयोजक टिमले नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३–१ ले पराजित गरेको हो । भक्तपुरको जितमा सुरेश खत्रीले दुई तथा विकास लामाले एक गोल गरे ।
१३औं मिनेटमा सुरेशको गोलबाट भक्तपुरले सुरुवाती अग्रता लिएको थियो । विकासले ४२औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । लगत्तै बनेपाका अनिल तिमिल्सिनाले गोल फर्काए । ६१औंं मिनेटमा सुरेशले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भक्तपुरको जित पक्का गरे ।
विजयी टिमका सुरेश खत्री म्यान अफ दी म्याच घोषित भए । भक्तपुरकै सुदर्शन श्रेष्ठ राइजिग प्लेयर घोषित भए । दुवै टिमलाई नगदका साथ पुरस्कार प्रदान गरिएको थियो । साथै गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले कम्पनीकोतर्फबाट दुवैलाई उपहार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार तीन खेलहरु हुने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ । प्रतियोगिताको उदघाटन बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गरेका थिए ।
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]
February 12, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरा रंगशालामा आज अर्को कीर्तिमान बन्नेछ। जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल हुँदैछ। आहा राराको इतिहासमा त्यो २ सय ५० औं खेल हो। संयोग आहाको सर्वाधिक सफल टोलीमध्येको एक नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ। पुलिस र चर्च ब्वाइज अघिल्ला दुई खेल जत्दै सेमिफाइनल […]