3 years ago
February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) विशेष साधारण सभा दोस्रो पटक पनि स्थगित भएको छ । शनिबार विहान ११ः३० बजेका लागि भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारण सभा प्राविधिक कारणवश स्थागित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा स्थागित गरिएको थियो ।
अघिल्लो पटक स्थगित गर्दा महासचिव तुलाधरले एन्फाको आसन्न निर्वाचनका लागि तयार पारिएको नियमावलीमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को सुझावका लागि केहि समय लाग्ने भएकाले एक साताका लागि साधारण सभा स्थगित गरिएको बताएका थिए ।
‘एन्फा कार्यसमितिबाट निर्वाचन नियमावली तयार भएको छ । त्यसलाई फिफा र एएफसीमा पठाएका छौं । उताबाट केहि समय लाग्ने बताएपछि एक साता सारेका हौं, पहिलो पटक स्थगित हुँदा तुलाधरले भनेका थिए, ‘ विशेष साधारण सभामा निर्वाचिन सम्बन्धि विषय नै मुख्य भएकोले फिफा र एएफसीको सुझाव लिनु उपयुक्त हुन्छ ।’
तुलाधरका अनुसार एन्फाको विधान अनुसार साधारण सभाले नै एन्फाको निर्वाचन समिति र निर्वाचन पुनरावलोकन समिति गठन गर्नुपर्नेछ । ‘ विशेष साधारण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावलोकन समिति गठन गर्नेछ। त्यस्तै अध्यक्षलगायत पदाधिकारी र सदस्यको उम्मेदवारको दर्ता शुल्क तोक्नेछ,’ उनले भनेका थिए,‘त्यसबाहेक कोरोनाका कारण खर्च अनुमान गर्न मिलेको थिएन । त्यसलाई पनि विशेष साधारण सभामा प्रस्तुत गरिनेछ ।’
फुर्चुअल माध्यमबाट हुने भनिएको एन्फा विशेष साधारण सभामा एन्फाका ४८ सदस्य जिल्ला फुटबल संघ, ए,बी, सी डिभिजनका प्रतिनिधि, महिला समिति, प्रशिक्षक समिति, खेलाडी, रेफ्री समितिका प्रतिनिधिले भाग लिनेछन् । स्थगित विशेष साधारण सभा अब कहिले हुने भन्ने एन्फाले मिति तय गरेको छैन । विशेष सधारण सभा हुने मिति, समय र स्थान अर्को पत्र मार्फत सूचित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं, एन्फाको विज्ञप्तीमा भनिएको छ ।
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]
March 12, 2025
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो । समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो।ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो। केनले ५२ औं मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै […]
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]