default_image

3 years ago

February 18, 2022

लिगका ७७ खेलमा १ सय ५५ गोल

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तिम दुई चरणका खेल बाँकी रहँदै सहिद स्मारक ए डिभिजन लिगको विजेताको टुंगो लागेको छ। ११ औं चरणको खेलमा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

२०७६ को लिगमा भने टोलीले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्धको अन्तिम खेलमा जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो। यसपटकको यात्रा गत वर्षको तुलना सहज रहेको प्रशिक्षक प्रवेश कुटवालले बताएका थिए। एक रुपताको प्रदर्शननै मछिन्द्रको जितको आधार रहेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताएका छन् । अपराजित रहेपनि आर्मी भने ७ बराबरी खेल्दै उपाधि दौडबाट बाहिरिएको थियो ।

छैटौं चरण मछिन्द्रको हारपछि मनाङ मस्र्याङ्दी क्लबको उपाधि दौड कमजोर बनेको थियो । ११ औं चरणमा आइपुग्दा मनाङ एपिएफसँग ३–१ ले स्तब्ध भएको छ। अब टोलीलाई दोस्रो स्थान जोगाउन पनि चुनौती देखिएको छ। रेलिगेसनबाट उम्कने प्रयासमा रहेका ४ टोलीले भने बराबरी खेल्दा ए डिभिजन हैसियत जोगाउन र घटुवा हुने टोलीको टुंगा लाग्न बाँकी छ ।

जावलाखेल युथ क्लब र फ्रेन्ड्सले ३–३ को बराबरी खेल्दा पुछारका दुई टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा ३–० ले पछि परेको खेलमा फ्रेन्ड्सले ३–३ को बराबरी गर्नु ११ औं चरणको स्मरणीय खेल रह्यो ।

आर्मीले यसपटक हिमालयन शेर्पा क्लब सँग १–१ को बराबरी खेल्यो । थ्री स्टार क्लबसँग १–१ को बराबरी खेलेपछि नेपाल पुलिस क्लबमाथि पनि रेलिगेसनको दबाब बढेको छ। यद्दपी पुलिस ११ अंकसहित १० औं स्थानमा छ । सुरुवाती खेलमा एकरुपताको प्रदर्शन गरेको संकटालाई एनआरटीले १–० ले पराजित गरको थियो ।

शनिबार देखि सुरु हुने १२ औं चरणका खेलहरु मुख्यत रेलिगेसन जोगाउने ब्याटलमा केन्द्रित हुनेछ। ११ औं स्थानको जावलाखेलको १० अंक, १२ औं स्थानको फ्रेन्ड्स र १३ औं स्थानको बिबिसीको समान ७ अंक छ भने पुछारको च्यासलको ६ अंक छ ।
लिगमा कुल ९१ मध्ये ७७ खेल सम्पन्न भइसकेका छन् भने अब १४ खेल बाँकी छन् । जसमध्ये ४९ खेलमा जित हारको नतिजा निस्केको थियो । २८ खेल मा बराबरी हुँदा समान १४ खेल गोलरहित र गोलसहितको नजिता निस्केको थियो । ७७ खेलमा १ सय ५५ गोल भइसकेका छन् । त्यसमध्ये ६९ गोल पहिलो हाफ र ८६ गोल दोस्रो हाफमा सम्भव भएका थिए । जसमा ६ गोल पेनाल्टीमार्फत भएका थिए । ३ खेलाडी भने पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।
लिगमा सातदोबाटोका अजायी मार्टिन्स र मनाङका ओलावाले अफिजले ह्याट्रिक गरेका छन्। ४ खेलाडीले आत्मघाती गोल गरेका छन् । २ सय १५ पहेलो र ४ रातो कार्ड प्रयोग भएका छन् । मनाङका ओलावाले र मछिन्द्रका सुनिल बल समान ६ गोलका साथ सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् ।

लिगमा ११औं चरणका नतिजा
७१. जावलाखेलविरुद्ध फ्रेन्ड्स (३–३)
७२. बिबिसीविरुद्ध च्यासल (०–०)
७३. आर्मीविरुद्ध शेर्पा (१–१)
७४.मछिन्द्रविरुद्ध सातदोबाटो (१–०)
७५.पुलिसविरुद्ध थ्री स्टार (१–१)
७६.एनआरटीविरुद्ध संकटा (१–०)
७७. एपिएफविरुद्ध मनाङ (३–१)
११औं राउन्डमा १६ गोल

लिगमा १२औं चरणका खेल
७८. फ्रेन्ड्सविरुद्ध च्यासल
७९. मछिन्द्रविरुद्ध थ्री स्टार
८०. जावलाखेलविरुद्ध शेर्पा
८१. मनाङविरुद्ध एनआरटी
८२. बिबिसीविरुद्ध सातदोबाटो
८३. पुलिसविरुद्ध एपिएफ
८४. आर्मीविरुद्ध संकटा

लिगका ११ औं चरणको समाप्तीमा

जम्मा खेलः ७७

४९ जितको नतिजा

२८ बराबरीको नतिजा (१४ खेल गोलरहित, १४ खेल गोलसहित)

जम्मा गोल – १५५ ( पहिलो हाफमा गोल – ६९ गोल,दोस्रो हाफमा गोल – ८६ गोल)

ह्याट्रिक – २ ( अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध,ओलावाले अफिज (मनाङ) च्यासलविरुद्ध)

आत्मघाती गोल – ४ (करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमन्त थापा (जावलाखेल) मछिन्द्रविरुद्ध,रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) मछिन्द्रविरुद्ध, अमृत श्रेष्ठ (शेर्पा) थ्री स्टारविरुद्ध)

पँहेलो कार्डः २१५ ,

रातो कार्ड – ४ (रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड),बालगोपाल साहुखल (च्यासल–प्रशिक्षक) मनाङविरुद्ध (दोहोरो पँहेलो कार्ड),रजत तिवारी (बिबिसी) फ्रेन्ड्सविरुद्ध (सिधै रातो कार्ड), विकेश कुथु (आमी) शेर्पाविरुद्ध सिधै रातो कार्ड)

पेनाल्टीमा गोल – ६ (सुमन लामा (पुलिस) – मनाङविरुद्ध,प्रिजेन तामाङ (फ्रेन्ड्स) – एपिएफविरुद्ध,विश्वास श्रेष्ठ (शेर्पा) – सातदोबाटोविरुद्ध,
मोउसा एवांगा (च्यासल)) – पुलिसविरुद्ध,अनिल गुरुङ (बिबिसी) – फ्रेन्ड्सविरुद्ध,आकाश बुढा मगर (सातदोबाटो) पुलिसविरुद्ध)

पेनाल्टी मिस – ३(विकास मेराग्लिया (थ्री स्टारविरुद्ध),शिशिर लेखी (मनाङविरुद्ध),मार्टिन एडेल्फे सिलो नंगा (शेर्पाविरुद्ध)

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.