default_image

3 years ago

February 18, 2022

फुटबलर विशाल वैवाहिक बन्धनमा बाँधिए

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर विशाल राई शुक्रबार रविना गुरुङसँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।

झापा अर्जुनधारा ११ का विशाल र इलाम सन्दकपुर ४ मावोकी रविनाबीच झण्डै दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । विशालका अनुसार शुक्रबार राई परम्परा अनुसार र पछि गुरुङ परम्परा अनुसार विवाह हुनेछ ।

यता काठमाडौंको दशरथ रंगशालामा मछिन्द्रले लगातार दोस्रो पटक लिगको उपाधि रक्षा गरेका दिन विशाल भने रविनलाई लिन झापाबाट इलाम पुगेका थिए । झापा फर्कने क्रममा क्लबले उपाधि जितेको जानकारी पाएका विशालले भने, इलामबाट फर्कदै थिए । गाडीमा फर्कदै गर्दा फोन आएपछि थाहा पाए । खुसी लाग्यो ।

विशाल लगातार चौथो पटक लिग च्याम्पियन टोलीको सदस्य बनेका छन् । मछिन्द्रबाट लगातार दुई पटक लिग जित्नुअघि उनले त्यहि सफलता मनाङ मस्र्याङ्दी क्लबबाट पनि प्राप्त गरेका थिए । विशालसँगै सुजल श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठ पनि लगातार चौथो पटक लिग च्याम्पियन टोलीको सदस्य बनेका थिए ।

टोलीको अन्तिम खेलका लागि भने आफू काठमाडौं फर्किसक्ने विशालले जानकारी दिए । विशालको विवाहमा सरिक हुन मछिन्द्रका कप्तान सुजलसहित अन्य खेलाडी झापा पुगेका छन् ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.