3 years ago
February 18, 2022
एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीले युरोपा कन्फ्रेन्स लिगको अन्तिम ३२ को पहिलो लेगमा फराकिलो जित निकालेको छ । लेस्टरले घरेलु मैदानमा डेनिस क्लब रेन्डर्स एफसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
किङ पावर स्टेडियममा बिहीबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा विलफ्रेड एनडिडी, हार्भे बार्नेस, पाटसन डाँका र काएरनान डिउसवुरी हलले गोल गरे । रेन्डर्सका भिटोले एक गोल फर्काए ।
खेलको २३औं मिनेटमा विलफ्रेड एनडिडीले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा भिटोले एक गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
४९औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । ५४औं मिनेटमा पाटसन डाँकाले गोल गर्दै लेस्टरलाई सहज जिततर्फ अग्रसर गराए । ७४औं काएरनान डिउसवुरी हलले गोल गर्दै लेस्टरलाई फराकिलो जित दिलाए ।
अन्य नतिजा
फेनरवाचविरुद्ध स्लाभिया प्राहा (२–३), मिट्जेल्यान्डविरुद्ध पाओक एफसी (१–०), पिएसभी इन्डोभेनविरुद्ध मकावी तेल अभिभ (१–०), रेपिड वेनविरुद्ध भिटेसी (२–१), सेल्टिकविरुद्ध बोडो/ग्लिम्ट (१–३), मार्सेविरुद्ध क्वारावाग (३–१) र स्पार्टा प्राहाविरुद्ध पार्टीजान वियोगार्ड (०–१)
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]