3 years ago
February 18, 2022
एजेन्सी – स्पेनिस क्लब सेभियाले युरोपा लिगको अनितम ३२ को प्ले अफको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ । सेभियाले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई ३–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा सेभियाको सहज जितमा इभान राकिटिच, लुकास ओकम्पास र एन्थोनी मार्सियालले गोल गरे । डिनामो जाग्रिवका मिस्लाभ ओर्सिसले एक गोल फर्काए । सबै चार गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।
रमन सान्चेज पिजुवान स्टेडियममा बिहीबार राति भएको खेलको १३औं मिनेटमा इभान राकिटिचको पेनाल्टी गोलबाट सेभियाले १–० को अग्रता लिन सफल भएको थियो । डोमिनिक लिभाकोभिचले पेनाल्टी बक्समा एलेजान्द्रो गोमेजलाई खराव ट्याकल गरेपछि रेफ्रीले सेभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा राकिटिच चुकेनन् ।
४१औं मिनेटमा मिस्लाभ ओर्सिसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई पुनः २–१ को अग्रता दिलाए । उनले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै सेभियालाई पहिलो हाफमा ३–१ ले अघि बढाए । उनले एलेजान्द्रो गोमेजको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफमा दुवै टोलीले गोलको अवसर बनाएपनि गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै सेभियाको जितमा पर्याप्त बन्यो । यो जितसँगै सेभियाले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लगमा यही नतिजा कायम गरे वा १–० को हारले पनि सेभिया अघिल्लो चरणमा प्रवेश गर्नेछ । यता, डिनामोलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा पनि २–० को जितको खाँचो छ । २–० को जित निकाले डिनामो अवे गोलको आधारमा अघि बढ्नेछ ।
अन्य नतिजा
बार्सिलोनाविरुद्ध नेपोली (१–१), डर्टमुन्डविरुद्ध रेन्जर्स (२–४), एफसी सेरिफविरुद्ध ब्रागा (२–०), जेनिथविरुद्ध रियल बेटिस (२–३), एटलान्टाविरुद्ध ओलम्पियाकोस (२–१), एफसी पोर्टाेविरुद्ध लाजियो (२–१) र आरबी लाइप्जिगविरुद्ध रियल सोसिडाड (२–२)
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]