3 years ago
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै र विभागीय नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ- मर्स्याङ्दी क्लबमाथि सानदार पूनरागमन जित निकालेको छ ।
एपिएफले मनाङमाथि ३–१ को सानदार पूनरागमन जित निकालेको हो । एपिएफको पूनरागमन जितमा आशिष लामा, मणि कुमार लामा र कप्तान नविन लामाले गोल गरे । मनाङका कप्तान अन्जन विष्टले एक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको २२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई गोलरक्षक युया कुरियामाले पञ्च गर्दै बचाए । ३४औं मिनेटमा एडेलाजा सोमिडेको प्रहारलाई गोलरक्षक कुरियामाले डाइभ दिदै बचाउँदा मनाङ अग्रता लिनबाट चुक्यो ।
३७औं अन्जनले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । गोलरक्षक विशाल सुनारले फालेको लामो बललाई अन्जनले गोलरक्षक अघि बढेको अवस्थामा उनको हेडरले जाली चुमेको थियो । ४०औं मिनेटमा आशिषले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
कप्तान नविनको पासमा आशिषले डिफेन्डर नरेन्द्र चौधरीलाई बिट गर्दै गोलरक्षकलाई बिट गर्दै सहजै गोल गर्न सफल भएका थिए । त्यसअघि ३९औं मिनेटमा अन्जनको पासमा विमल रानाको वान भर्सेस वानको स्थितिको प्रहारलाई गोलरक्षक कुरियामाले सहजै नियन्त्रणमा लिए ।
८१औं मिनेटमा सब्सिच्युट मणि कुमार लामाले गोल गर्दै एपिएफलाई २–१ ले अघि बढाए । ८६औं मिनेटमा कप्तान नविनले गोल गर्दै एपिएफलाई ३–१ को सानदार पूनरागमन जित दिलाए । आशिषको प्रहार रिवाउन्ड हुँदा नविनले सानदार फिनिस गरेका थिए ।
चोटका कारण आफिज ओलावाले ओलाडिपो अफिजले पहिलो मिनेटमै मैदान छाडेपछि मनाङ दवावमा आएको थियो । ओलावाले नहुँदा मनाङको आक्रमण फितलो देखिएको थियो ।
यो जितसँगै एपिएफ रेलिगेसन जोनबाट बचेको छ । एपिएफको ११ खेलबाट १४ अंक पुगेको छ । एपिएफ आठौं स्थानमा उक्लिएको छ । पराजित मनाङ ११ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]